वरिष्ठ बीजीपीएम नेता सतीश थापा भाजपामा सामेल
वरिष्ठ बीजीपीएम नेता सतीश थापा भाजपामा सामेल


मिरिक, 28 मार्च (हि.स.)। पहाड़को राजनीतिमा घटेको एक अहम घटनाक्रम अन्तर्गत भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा (बीजीपीएम) पार्टी, मिरिकका वरिष्ठ नेता सतीश थापाले भारतीय जनता पार्टी (भाजपा)- को झण्डा समाते। उनी मिरिक सब-डिभीजनमा बीजीपीएमको महासचिवको पदमा आसिन थिए। भाजपा नेताहरूले उनलाई पार्टीमा स्वागत गर्दै यस घटनाले मिरिकमा पार्टी संगठनलाई सशक्त बनाउने विश्वास व्यक्त गरेका छन्।

शनिवार दार्जीलिङका सांसद राजू बिष्टले प्रेस विज्ञप्ति जारी गर्दै उक्त आशयको जानकारी गराए। भाजपा सांसदको भनाइ छ, सतीश थापा सामेल भएपछि मिरिकमा पार्टी संगठन अझ मजबुत हुनेछ साथै क्षेत्रका मानिसहरूको जीवनमा सकारात्मक परिवर्तन ल्याउने दिशामा द्रूत गतिमा काम हुनेछ। मिरिकका मानिसहरूले पछिल्लो लामो समयदेखिकै प्रधानमन्त्रीको नेतृत्वमाथि भरोसा देखाउँदै आइरहेका छन्। केन्द्र सरकारका योजनाहरूको लाभ क्षेत्रलाई लगातार प्राप्त भइरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande