बिजनीमा भाजपा प्रत्याशी अरूप डेको समर्थनमा प्रचार गर्न जुटे मुख्यमन्त्री, गोलकगञ्जका जनतालाई टेलिफोनबाटै गरे सम्बोधन
बिजनीमा भाजपा प्रत्याशी अरूप डेको समर्थनमा प्रचार गर्न जुटे मुख्यमन्त्री, गोलकगञ्जका जनतालाई टेलिफोनबाटै गरे सम्बोधन


गुवाहाटी, 28 मार्च (हि.स.)। आसन्न असम विधानसभा चुनाउलाई मध्यनजर गर्दै मुख्यमन्त्री डा. हिमन्त बिस्म सरमाले बिजनी विधानसभा क्षेत्रबाट भाजपा प्रत्याशी अरूप डेको समर्थनमा प्रचार अभियानलाई तीव्रता दिएका छन्। तथापि प्रतिकूल मौसमको कारणले उनी आज गोलकगञ्जमा आयोजित पहिलो जनसभामा शारीरिक रूपमा उपस्थित हुन नसके पनि उनले टेलिफोको माध्यमबाट त्यहाँका जनतालाई सम्बोधन गर्दै आफ्नो कुरा राखे।

मुख्यमन्त्रीलाई आज गोलकगञ्जमा आयोजित एक जनसभालाई सम्बोधन गर्नु थियो, तर प्रतिकूल मौसमले गर्दा उनको यो कार्यक्रम प्रभावित भयो। तथापि उनले डिजीटल माध्यमको सहारा लिएर फोन मार्फत मानिसहरूसित सम्पर्क गरे अनि भाजपाको पक्षमा समर्थन गर्ने अपील गरे।

आफ्नो सम्बोधनमा मुख्यमन्त्रीले गोलकगञ्जका मतदाताहरूसित भाजपा प्रत्याशी अरूप डेलाई भारी मतले विजय बनाउने आग्रह गरे। उनले भने, राज्य सरकारले विकाका केही महत्वपूर्ण कार्य गरेको छ र यी योजनाहरूलाई निरन्तरता दिनका लागि भाजपालाई पुनः समर्थन गर्न आवश्यक छ।

सभास्थलमा उपस्थित कार्यकर्ता तथा समर्थकहरूले पानीझरीमा पनि आफ्नो उत्साहलाई काययम राखे। उनीहरूले मुख्यमन्त्रीको सन्देशलाई ध्यानपूर्वक सुने। स्थानीय भाजपा नेताहरूले पनि क्षेत्रमा पार्टीको जीतप्रति विश्वास व्यक्त गरे।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande