
कोकराझार (असम), 28 मार्च (हि.स.)। असम विधानसभा चुनाउमा स्वतन्त्र, निष्पक्ष एवं शांतिपूर्ण मतदान सुनिश्चित गराउने उद्देश्यले जिल्ला मेजिस्ट्रेट पी. उदय प्रवीणले कोकराझार जिल्लामा ‘ड्राई डे’ घोषित गरेका छन्। जारी आदेश अनुसार आगामी 7 अप्रेलको साँझ 5:00 बजेदेखि 9 अप्रेलको साँझ 5:00 बजेसम्म अर्थात मतदान समाप्तिको निर्धारित समयभन्दा अगाड़ि 48 घण्टासम्म जिल्लामा मदिराको बिक्री, वितरण एवं सेवनमाथि पूर्ण प्रतिबन्ध रहनेछ।
यो आदेश जन प्रतिनिधित्व अधिनियम, 1951 तथा असम आबकारी नियम अन्तर्गत जारी गरिएको हो। यसको साथै आगामी 4 मईको दिनलाई पनि ‘ड्राई डे’ घोषित गरिएको छ जुन मतगणना प्रक्रिया पूर्ण नहुञ्जेलसम्म प्रभावकारी रहनेछ। यदि पुनर्मतदानको स्थिति उत्पन्न भए त्यो दिन पनि यही प्रतिबन्ध लागू हुनेछ।
निर्धारित अवधिभरि जिल्लाका सबै थोक गोदाम, आईएमएफएल खुदरा ‘अफ’ एवं ‘अन’ दोकान, क्लब, होटल, रेस्टोरेन्ट तथा देशी मदिराका दोकनहरू पूर्ण रूपले बन्द रहनेछन्। साथै व्यक्तिहरूद्वारा निजी रूपमा गरिने मदिराको भण्डारणमाथि पनि नियन्त्रण राखिनेछ भने लाइसेन्सधारी स्थानहरूमा गरिने भण्डारणविरूद्ध कड़ा कारबाही गरिनेछ।
प्रशासनले स्पष्ट पारेको छ, आदेशको उल्लंघन गरेको खण्डमा असम आबकारी अधिनियम एवं चुनाउ नियमहरू अन्तर्गत कड़ा कारबाही गरिनेछ। जिल्ला प्रशासनले सबै सम्बन्धित पक्षहरूसित निर्देशलाई पालन गर्ने अनि चुनाउ अवधि कानून व्यवस्थालाई कायम राख्नमा सहयोग गर्ने एपील समेत गरेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा