बालीगञ्जः व्यवसायीको फ्ल्याटमा ईडीको छापा, जमीन प्रोजेक्टको नाममा कड़ोरौं ठगेको आरोप
बालीगञ्जः व्यवसायीको फ्ल्याटमा ईडीको छापा, जमीन प्रोजेक्टको नाममा कड़ोरौं ठगेको आरोप


कोलकाता, 28 मार्च (हि.स.)। चुनावी माहोलमा प्रवर्तन निदेशालय (ईडी) फेरि एकपटक सक्रिय भएको छ। शनिवार बिहान कोलकाताको बालीगञ्ज क्षेत्रस्थित एकजना व्यापारीको फ्ल्याटमा ईडीले छापा माऱ्यो। यो कारबाही जमीन तथा रियल एस्टेट प्रोजेक्टको नाममा कथित वित्तीय अनियमितता भएको मामिलामा गरिएको हो।

जानकारी अनुसार बालीगञ्ज सर्कुलर रोडस्थित एक बहुतले आवासीय परिसरमा ईडीका अधिकारीहरूले खोजी अभियान संचालन गरे। ईडी सूत्रानुसार सम्बन्धित व्यापारी सय कड़ोर रुपियाँको वित्तीय घोटालामा सामेल भएको हुनसक्छ।जाँच एजेन्सीलाई शंका लागेको छ कि यस कथित भ्रष्टाचारमा व्यापारीको सक्रिय भूमिका रहेको छ जसबाट उसलाई ठूलो आर्थिक लाभ भएको छ।

अभियान अवधि जाँचकर्ताहरूले व्यापारीको वित्तीय लेनदेन, ब्यांक दस्तावेज तथा अन्य महत्वपूर्ण कागज-पत्रहरूको गहन जाँच गरिरहेको छ। साथै यस मामिलामा अन्य मानिसहरूको संलिप्तताको पनि जाँच गरिरहेका छन्।

छापामारी अवधि सुरक्षालाई केन्द्र गर्दै आवास परिसरको प्रवेश तथा निकास द्वारमा केन्द्रिय बलका जवानहरूलाई तैनाथ गरिएको छ।

सूत्र अनुसार यसै मामिलामा ईडीले कोलकाता तथा यस वरपरका सात-आठ वटा स्थानहरूमा पनि एक साथ छापा मारेको छ। प्ररम्भिक जाँचमा थाहा लागे अनुसार जमीन विकास तथा रियल एस्टेट परियोजनाहरूको प्रलोभन देखाएर केही मानिसहरूबाट पैसा लिइएको थियो। आरोप छ, वाचा गरेर पनि परियोजना पूरा गरिएन साथै जमा भएको धनराशिलाई अन्यत्र स्थानान्तरण गरियो।

बताइँदैछ, यस मामिलामा प्राप्त सिकायतहरूको आधारमा ईडीले यो कारबाही शुरू गरेको हो। हाल जाँच जारी छ। आगामी दिनमा अझ खुलासा हुने सम्भावना व्यक्त गरिँदैछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande