घना वर्षाको कारणले गुवाहाटीका धेरै वटा ठाउँ जलमग्न
घना वर्षाको कारणले गुवाहाटीका धेरै वटा ठाउँ जलमग्न


गुवाहाटी, 28 मार्च (हि.स.)। शनिवार बिहान परेको मुसलधारे पानीले गुवाहाटीका धेरैै वटा ठाउँहरू जलमग्न भएका छन् जसबाट जनजीवन पूर्ण रूपले प्रभावित भयो। अचानक भएको वर्षाले शहरका विभिन्न भागहरूमा पानी भरिएर मानिसहरूलाई विभिन्न समस्याको सामना गर्नु पऱ्यो।

बिहान पानी परेको क्षणभरमै शहरका केही भागहरूमा कृत्रिम बाढ़ी जस्तै स्थिति उत्पन्न भयो। कतिपय ठाउँमा पानी घुँड़ा-घुँड़ासम्म पुग्यो। सरुसजाई, चाँदमारी औ जोराबाट जस्ता क्षेत्रहरूको स्थिति धेरै गम्भीर देखियो जहाँ जल निकासी व्यवस्थाको अभाव रहेको कुरा फेरि एकपटक उजागार भएको छ।

सड़कहरूमा जलभराउ तथा ठाउँ-ठाउँमा वाहनहरू फसेको दृश्य पनि देखियो। स्थानीय मानिसहरूले बारम्बार घोषणा गरिएको भए पनि बुनियादी ढाँचा तथा जल प्रबन्धनको अभावलाई लिएर असन्तुष्टि व्यक्त गरे।

यसैबीच मौसम विज्ञान केन्द्रले कामरूप महानगर जिल्लाको लागि अरेञ्ज अलर्ट जारी गरेको छ। विभाग अनुसार दिउँसो फेरि पानी पर्ने सम्भावना छ र हावाको गति 30-40 किलोमीटर प्रतिघण्टासम्म पुग्नसक्छ जसबाट स्थिति झन् बिग्रिनसक्छ।

प्रशासनले मानिसहरूलाई सतर्क बस्ने अनि अनावश्यक यात्रा गर्नदेखि बच्ने अपील गरेको छ, किनभने आगामी केही घण्टासम्म स्थिति अझ बिग्रिनसक्छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande