हुन्डरीले सैकड़ौं घर क्षतिग्रस्त, बिजुली सेवा ठप्प
हुन्डरीले सैकड़ौं घर क्षतिग्रस्त, बिजुली सेवा ठप्प


उत्तर दिनाजपुर, 28 मार्च (हि.स.)। जिल्लाको चोपड़ा ब्लकमा गए शुक्रवार अबेर राति असिना पानीसितै आएको हुरी-बतासले व्यापक क्षति पुऱ्याएको छ। अचानक फेरिएको मौसमले गर्दा क्षेत्रमा कोकोहोलो मचियो। तीव्र हावा तथा असिनाको मारले सैकडौं घरहरू क्षतिग्रस्त हुनको साथै धेरै वटा घरको छानो उड़ाएको छ साथै हजारौं रूखहरू जरासितै उखेलिएका छन्।

स्थानीय सूत्र अनुसार राति 50-60 किमी प्रतिघण्टाको गतिले तीव्र हावा आयो साथै असिना पानी पनि पऱ्यो। यस दोहोरो प्रहारले सबैभन्दा अधिक क्षति घिरनिगाउँ ग्राम पञ्चायत क्षेत्रमा पुऱ्याएको छ जहाँ केही परिवारहरू खुल्ला आकाशमुनि रात बिताउन बाध्य भए। कतिपय ठाउँहरूमा रूखहरू ढलेर सड़क जाम भएको छ जसबाट यातायात बाधित भएको छ। बिजुली व्यवस्था पनि पूर्ण रूपले ठप्प भएको छ।

जानकारी मुताविक लगभग सय वटा बिजुलीको खाँबो क्षतिग्रस्त भएका छन् जसबाट गए शुक्रवार रातिदेखि नै सम्पूर्ण ब्लकमा अँध्यारो छाएको छ बिजुली विभागीय कर्मचारीहरू युद्धस्तरमा मरम्मत कार्यमा जुटेका छन्।

यस प्राकृतिक आपदाको सबैभन्दा अधिक प्रभाव किसानहरूमाथि परेको छ। तीव्र हावा र असिना पानीले गहुँ, मकैको खेती पूर्ण रूपले नष्ट भएको छ। खेतहरूमा रोपिएका अन्य फलसहरू पनि पूर्ण रूपमा झुकेको छ जसले गर्दा किसानहरूलाई ठूलो आर्थिक नोक्सानको सामना गर्न परिरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande