हावा-हुन्डरीले कोलकाताको जनजीवन प्रभावित, केही जिल्लाहरूमा रेड अलर्ट
हावा-हुन्डरीले कोलकाताको जनजीवन प्रभावित, केही जिल्लाहरूमा रेड अलर्ट


कोलकाता, 28 मार्च (हि.स.)। बितेको शुक्रवार राती कोलकाता लगायत यस वरिपरीका क्षेत्रहरूमा हावा-हुन्डरी आयो जसले गर्दा सड़कहरूमा रूखहरू ढलेर बिजुली आपूर्ति नै ठप्प भयो। प्रशासनले आधा रातपछि कोलकाता सहित दक्षिण बंगालका केही जिल्लाहरूमा रेड अलर्ट जारी गरेको थियो।

खराब मौसमको प्रभाव हवाई यातायातमा पनि पऱ्यो। केन्द्रिय गृहमन्त्री अमित शाहको विमान पनि समयमा कोलकाता हवाईअड्डामा अवतरण हुन सकेन। विमान लगभग 55 मिनटसम्म आकाशमै घुमिरह्यो। अन्त्ततः अबेर राति लगभग 1:20 बजी कोलकातामा सुरक्षित अवतरण भयो।

इण्डिया मेट्रोलोजिकल डिपार्टमेन्टको अलिपुर कार्यालयबाट प्राप्त जानकारी अनुसार शनिवार पनि शहरमा कालबैशाखी जस्तो स्थिति बन्नसक्छ। बिजुली चम्किनको साथै हल्कादेखि मध्यम वर्षा तथा 50-60 किमी प्रतिघण्टाको गतिले तीव्र हावा चल्ने सम्भावना छ।

हावड़ा, हुगली, उत्तर 24 परगना, दक्षिण 24 परगना र नदिया जिल्लामा अरेञ्ज अलर्ट जारी गरिेको छ। यी जिल्लाहरूमा तीव्र हावासितै वर्षा हुने सम्भावना छ। उत्तर 24 परगना, नदिया औ हुगलीका कतिपय भागहरूमा असिना पानी पर्नसक्छ।

दक्षिण बंगालका अन्य जिल्लाहरूमा पनि शनिवार पानी पर्नको साथै हुरी आउने सम्भावना व्यक्त गरिएको छ। यी क्षेत्रहरूमा हावाको गति 40-50 किमी प्रतिघण्टा हुनसक्छ जसको लागि यल्लो अलर्ट जारी गरिएको छ।

मौसम विभाग अनुसार गांगेय पश्चिम बंगाल औ छिमेकी बंगलादेशमाथि एक चक्रवातीय परिसंचरम विकसित भएको छ जसको उच्चता समुद्र तलदेखि लगभग 0.9 किमी छ। यस अतिरिक्त उत्तर-पश्चिम बिहारदेखि मणिपुरसम्म एक द्रोणिका (ट्रफ लाइन) फैलिएको छ। यसै कारणले बे अफ बंगालबाट प्रचुर मात्रामा नमी आइरहेको जसबाट वर्षाको अनुकूल स्थिति सृजना भएको छ।

शनिवार बिहान कोलकाताको न्यूनतम तापमान 20.2 डिग्री सेल्सियस दर्ता गरियो जुन सामान्यभन्दा 4.4 डिग्री कम हो जबकि गए शुक्रवार अधिकतम तापमान 34.7 डिग्री सेल्सियस थियो।

मौसम विभागले उत्तर ओडिशा र पश्चिम बंगालका तटीय क्षेत्रहरूमा शनिवारसम्म मछुआराहरूलाई समुद्रमा नजाने सल्लाह दिएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande