कंग्रेस र राइजर दलबाट टिकट नपाएपछि लक्षेश्वर मोरानको विस्फोटक आरोप
कंग्रेस र राइजर दलबाट टिकट नपाएपछि लक्षेश्वर मोरानको विस्फोटक आरोप


तिनसुकिया (असम), 28 मार्च (हि.स.)। कंग्रेस औ राइजर दलबाट टिकट पाउनदेखि वञ्चित भएका लक्षेश्वर मोरानले गम्भीर आरोप लगाउँदै भनेका छन्, उम्मेद्वार बनाएको सट्टामा पैसाको माग गरियो।

मोरानले आरोप लगाए, उनलाई सल्लाह दिइएको थियो कि उनले टिकटका अर्का दावेदार दुलाल मोरानको लागि 50 लाख रुपियाँको व्यवस्था गरुन, तब मात्र उनलाई पार्टीले टिकट दिनसक्छ। उनले यो पनि दाबी गरे, कंग्रेस नेता गौरव गोगोईले उनलाई टिकट दिने आश्वासन दिएका थिए, तर पछि उनलाई अदेखा गरियो। यसको सातै उनले रााइजर दलका अध्यक्ष अखिल गोगोईमाथि पनि टिकटदेखि वञ्जित बनाएको आरोप लगाए।

मोरान अनुसार उनले कंग्रेसेमा सामेल हुनका लागि धेरै धनराशि खर्च गरे, तर अन्ततः उनलाई टिकट दिइएन। दुवै दलबाट निराश भएपछि अब तिनले डिगबोई विधानसभा क्षेत्रबाट निर्दलीय उम्मेद्वारको रूपमा उम्मेद्वारिता गरिरहेका छन्।

यी आरोपहरूबाट क्षेत्रको राजनीतिमा खैलाबैला मचिएको छ। तथापि उनले आरोप लगाएका नेताहरूको पक्षबाट अहिलेसम्म कुनै पनि आधिकारिक प्रतिक्रिया व्यक्त गरिएको छैन।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande