मणिपुरः भारी मात्रामा हतियार जफत, तीन बंकर ध्वस्त
मणिपुरः भारी मात्रामा हतियार जफत, तीन बंकर ध्वस्त


इम्फाल, 28 मार्च (हि.स.)। मणिपुरमा शान्ति व्यवस्थालाई बहाल राख्नको लाग सुरक्षा बल एवं पुलिसद्वारा संयुक्त रूपमा खोजी अभियान संचालन गर्दै हतियारहरू जफत गर्ने सिलसिला जारी छ। अर्कोतिर संवेदनशील क्षेत्रहरूमा वाहनहरूको स्वतन्त्र आवागमन सुनिश्चित गर्नका लागि पनि अभियान संचालन गरिँदैछ।

मणिपुर पुलिस मुख्यालयद्वारा आज दिइएको आधिकारिक जानकारी अनुसार गए शुक्रवार सुरक्षा बलहरूले इम्फाल पश्चिम जिल्लाको पटसोई थानान्तर्गत मोइदांगपोक खुनौ क्षेत्रबाट भारी मात्रामा हतियार एवं विस्फोटक सामग्री जफत गरे।

जफत गरिएका सामग्रीहरूमा मुख्य रूपमा तीन वटा स्थानीय रूपमा निर्मित बोल्ट एक्शन सिंगल ब्यारल बन्दुक, दुई वटा पिस्तोले जसमध्ये प्रत्येकको एउटा म्यागजिन, एउटा 2 इञ्चको मोर्टर, 4 वटा दंगारोधी 38 एमएम कारतूस, पाँच राउण्ड 7.62 एमएमको कारतूस, एउटा बीपी वेस्ट, एउटा हरियो रंगको बेल्ट र दुई वटा ब्याग सामेल छन्।

सोही दिन संचालित अर्को अभियानमा सुरक्षा बलहरूले उखरूल जिल्लाको लिटान थानान्तर्गत थोयी नागा गाउँमा तीन वटा वंकरहरूलाई नष्ट पारियो।

उल्लेखनीय छ, सुरक्षा बलले विभिन्न जिल्लाहरूका सीमावर्ती तथा संवेदनशील क्षेत्रहरूमा खोजी अभियान एवं क्षेत्रमा आफ्नो दबदबालााई कायम राख्ने अभियानलाई लगातार संचालन गरिरहेको छ जसको परिणामस्वरूप हतियार अनि गोला-बारूद जफत भइरहेको छ। यसै क्रममा गए शुक्रवार राष्ट्रिय राजमार्ग-37 मा आवश्यक वस्ततुहरू लैजाने 241 वटा वाहनहरूको ओहोर-दोहोर सुनिश्चित गरियो। सबै संवेदनशील स्थानहरूमा सुरक्षाको ठोस प्रबन्ध गरिएको छ।

मणिपुरका अलग-अलग जिल्लाहरूमा, पहाड़ तथा उपत्याका दुवै क्षेत्रमा 114 नाका र चेक पोइन्ट राखिएको थियो। तथापि यस अवधि कसैलाई पनि हिरासतमा लिइएन।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande