रेवाड़ीमा 14 वर्षीया नाबालिकसित दुष्कर्म, आरोपीले सुइँकुच्चा ठोक्यो
रेवाड़ीमा 14 वर्षीया नाबालिकसित दुष्कर्म, आरोपीले सुइँकुच्चा ठोक्यो


रेवाड़ी, 28 मार्च (हि.स.)। हरियाणाको रेवाड़ी जिल्ला अधिनस्थ एउटा गाउँमा 14 वर्षीय नाबालिकसित दुष्कर्म भएको मामिला प्रकाशमा आएको छ। घटना गए राति भएको बताइँदैछ जतिबेला पीड़िताकी आमा घर बाहिर ड्यूटीमा गएकी थिई। यसै अवधि आरोपीले मौका छोपेर घटनालाई परिणाम दियो।

पुलिसबाट प्राप्त जानकारी अनुसार आरोपी पीड़िताको भनेको साथी रहेको बताइएको छ। आरोप छ, आरोपीले नाबालिकलाई फकाई-फुस्लाई गाउँको वन क्षेत्रमा लिएर गयो जहाँ उसित दुष्कर्म गरियो। घटनापछि आरोपी घटनास्थलबाट भाग्यो। पीड़िताले घरमा फर्केर आएपछि सम्पूर्ण घटनाको विवरण आमालाई बताई। त्यसपछि तुरून्तै आमाले पुलिससित सम्पर्क गरी।

महिलाले खोल थाना पुलिसमा दर्ता सिकायतमा बताई, उनीहरू मूल रूपमा झज्जर जिल्लाका निवासी हुन र वर्तमानमा राजस्थानको एउटा कम्पनीमा काम गर्दै आइरहेकी छे। घटना हुँदा उ ड्यूटी गएकी थिई, घरमा छोरी एक्लै थिई। सिकायतको आधारमा खोल थाना पुलिसले आरोपीविरूद्ध विभिन्न धाराहरूमा मामिला दर्ता गरेको छ। पुलिसले आरोपीलाई समात्नको लागि सम्भावित ठेगानाहरूमा छापा मारिरहेको छ।

डीएसपी सिटी पवन कुमारले मामिलाको पुष्टि गर्दै बताए, नाबालिककी आमाको सिकायतमा मुद्दा दर्ता गरिएको छ। पुलिसले यस संवेदनशील मामिलाको गम्भीर रूपमा जाँच गरिरहेको छ। उनले भने, आरोपीलाई चाँड़ै पक्राउ गरी नियमानुसार कड़ा कारबाही गरिनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande