शिमलामा भेटिएको रूख जस्तै ढुङगालाई भू-विज्ञान शोधार्थीहरूले जीवाश्म माने, वर्ष 2019-मा चिन्हित गरिएको थियो
शिमलामा भेटिएको रूख जस्तै ढुङगालाई भू-विज्ञान शोधार्थीहरूले जीवाश्म माने, वर्ष 2019-मा चिन्हित गरिएको थियो


शिमला, 28 मार्च (हि.स.)। शिमला ज़िल्लाको माथिल्लो क्षेत्र जुब्बल नजिकै अवस्थित चट्टानमाथि भेटिएको रूख जस्तै आकृति भएको ढुङ्गालाई पञ्जाब विश्वविद्यालको भू-विज्ञानका शोधार्थीहरूले अध्ययन गरेपछि जीवाश्महरूको समूह मानेका छन्। विशेषज्ञहरू अनुसार यो संरचना लगभग 25 कड़ोर वर्ष पुरानो हुनसक्छ र त्यस युगसित जोड़िएको छ जतिबेला धरतीमा डायनासोरहरूको अस्तित्व थियो अनि हिमालयको निर्माण प्रारम्भिक अवस्थामा थियो।

यो संरचनालाई पहिलो पटक वर्ष 2019- मा वन विभाग रोहड़ूको टीमले देखेको थियो। क्षेत्रको भ्रमण गर्ने क्रममा अदिकारीहरूले पहाड़ी ढलानमा रूख जस्तो आकृति भएको विशाल ढुङ्गालाई देखे। नजिकमा पुगेर निरीक्षण गर्दा यसको बनावट चट्टानभन्दा भिन्नै देखियो जसपश्चात यसका तस्वीरहरूलाई हिमाचल प्रदेश राज्य संग्रहालय शिमलामा पठाइयो। पछि संग्रहालयका क्यूरेटर डा. हरि सिंह चौहान स्वयंले घटनास्थलमा पुगेर यसक निरीक्षण गरे।

राज्य संग्रहालय शिमलाका क्यूरेटर डा. हरि सिंह चौहानले एक बातचितमा बताए, प्राथमिक अध्ययनमा यो संरचना मध्यजीवी (मेसोजोइक) कालको प्रतीत हुन्छ र यसको उमेर लगभग 25 कड़ोर वर्ष रहेको अनुमान लगाइएको छ। उनले भने, यो जीवाश्मको आकृति एउटा विशाल रूख जस्तै देखिनछ भने यसको आकार धेरै ठूलो छ। यो लगभग 12 फुट अग्लो र 8 फुट चौड़ादार छ।

डा. चौहानले भने, यस्तो जीवाश्मले यस कुराको संकेत दिन्छ कि कड़ोरौं वर्षपूर्व यस क्षेत्रको जलवायु तथा भू-आकृति स्थिति आजभन्दा एकदमै भिन्नै थियो होला। त्यसताक हिमालय पर्वतमाला वर्तमान स्वरूपमा थिएन र यस क्षेत्रमा चट्टानहरूको निर्माण जारी थियो। यस किसिमको जीवाश्वले त्यसताकको वनस्पति जीवन तथा पर्यावरणहरूलाई बुझ्नमा महत्वपूर्ण भूमिका निर्वाह गर्छ।

विशेषज्ञहरू अनुसार यो संरचना सम्भवतः “पेट्रीफाइड वुड” अर्थात ढुङ्गामा परिणत भइसकेको प्राचीन काठको भाग हो। लाखौं-कड़ोरौ वर्ष अगाड़ि प्राकृतिक प्रक्रिया अवधि दबिएको रूखहरूको काठमा खनिजहरूको प्रवेश हुनसक्छ र बिस्तारै हावाको दबावले यो ढुङ्गा जस्तै संरचनामा परिणत हुन्छ, तर यसको आकार र बनावट भने सुरक्षित रहन्छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande