
कोलकाता, 28 मार्च (हि.स.)। पश्चिम बंगाल विधानसभा चुनाउपूर्व जारी दोस्रो अतिरिक्त सूचीले तृणमूल कंग्रेसलाई राहत दिएको छ। श्यामपुकुरबाट पार्टी उम्मेद्वार शशि पाञ्जा र हासनाबाट उम्मेद्वार काजल शेखको नाम यस सूचीमा सामेल रहेको छ। अब उनीहरूको नामांकन दर्तामा कुनै बाधा आइलाग्ने छैन।
यसपूर्व दुवै नेताहरूको नाम जाँचाधिन थियो जसकारम उनीहरूको उम्मेद्वारीलाई लिएर अनिश्चितता कायम थियो। तथापि उत्तरपाड़ाबाट उम्मेद्वार शीर्षण्य बन्द्योपाध्यायको नाम अहिले पनि सूचीमा सामेल छैन जसबाट उनको उम्मेद्वारिमा आशंका यथावत छ। उनी श्रीरामपुरका सांसद कल्याण ब्यनर्जीका छोरा हुन्।
स्मरण गराइन्छ, चुनाउ आयोगले गत 23 मार्चको दिन मतदान हुन ठीक एक महिनाअघि पहिलो अतिरिक्त मतदाता सूची जारी गरेको छ। उक्त सूची आधा रातभन्दा केही अगाड़ी मात्र प्रकाशित भएको थियो। यसको तुलनामा दोस्रो अतिरिक्त सूची गए शुक्रवार राति साढ़े एघार बजी जारी गरिएको छ।
आयोगको सूत्र अनुसार दोस्रो अतिरिक्त सूची जारी हुँदासम्ममा मोठ 37 लाख मतदाताहरूको नाममाथि निर्णय लिसकिएको थियो भने लगभग 23 लाख नामहरूमाथि फसेला अहिले पनि बाँकी नै छ। तथापि यो स्पष्ट हुन सकेको छैन कि जाँचाधिन रहेका कतिजना मतदाताहरूको नाम जोड़ियो र कतिजनाको हटाइयो।
पहिलो सूची जारी भएपछि आयोगले भनेको थियो, भोलिको बिहान हरेक मतदान केन्द्रमा सूची टाँसिनेछ ताकि सम्बन्धित मतदाताहरूले आफ्नो स्थिति बुझ्न सकुन्। तर त्यस दिन यसलाई लिएर धेरैवटा स्थानमाा भ्रम र अव्यवस्थाको स्थिति देखियो।
केही मतदाताहरूले इन्टरनेटको माध्यमबाट सूची हेर्ने प्रयास गर्दा आयोगको वेबसाइटले सही ढंगमा काम नगरेको कारण उनीहरूलाई जानकारी प्राप्त गर्न सकेनन्। गए शुक्रवार जारी दोस्रो अतिरिक्त सूचीलाई लिएर पनि यस्तै अस्पष्टताको स्थिति सृजित भएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा