रंगियामा भाजपाको समर्थन जनसभा, शिवराज सिंह चौहानले असममा भएका परिवर्तनहरूको उल्लेख गरे
रंगियामा भाजपाको समर्थन जनसभा, शिवराज सिंह चौहानले असममा भएका परिवर्तनहरूको उल्लेख गरे


गुवाहाटी, 28 मार्च (हि.स.)। केन्द्रिय मन्त्री शिवराज सिंह चौहान गुवाहाटी आइपुगेपछि शनिवार विभिन्न कार्यक्रमहरूमा सामेल भए जहां उनले पर्यावरण संरक्षणको सन्देश दिनको साथै चुनावी जन्सभाहरूलाई पनि सम्बोधन गरे।

गुवाहाटीमा आइपुगेपथि उनले कामाख्या मन्दिरको पावन भूमिमा सांसद बाँसुरी स्वराज र भाजपाका राष्ट्रिय प्रवक्ता केके शर्मा सहित वृक्षरोपण गरे। यस अवधि उनले मानिसहरूलाई अधिकभन्दा अधिक बोट-बिरूवा रोपेर धरतीलाई समृद्ध बनाउने आह्वान गरे।

त्यसपछि उनले असमको रंगिया विधानसभा क्षेत्रस्थित तरनीमा भाजपा प्रत्याशी भबेश कलिताको समर्थनमा आयोजित जनसभालाई सम्बोधन गरे। आफ्नो सम्बोधनमा उनले भने, असमले बितेका केही वर्षदेखि यता “भयपूर्ण वातावरण” देखि माथि उक्लेर विकासको दिशामा उल्लेखनीय प्रगति गरेको छ।

उनले भने, पहिला कतिपय क्षेत्रहरूमा सुरक्षा कारणले पुग्न कठिन हुन्थ्यो, तर अहिले स्थितिमा व्यापक सुधार आएको छ। उनले राज्यमा आधारभूत संरचना तथा कनेक्टिभिटीको क्षेत्रमा भएको तीव्र विकासको पनि उल्लेख गरे। आर्थिक प्रगतिमाथि बल दिँदै चौहानले भने, असम अब सेमीकण्डक्टर हबको रूपमा उदाउने क्षमता राख्दछ जुन राज्यको लागि एक नयाँ दिशाको संकेत हो।

यस अवधि उनले कंग्रेस पार्टीलाई लक्षित गर्दै आरोप लगाए, पूर्वका नीतिहरूले असमलाई नोक्सान पुऱ्याए। विभाजन कालको उल्लेख गर्दै उनले भने, त्यसताक असमलाी पाकिस्तानलाई सुम्पिने प्रस्ताव राखिएको थियो जसलाई राज्यका पहिलो मुख्यमन्त्री गोपीनाथ बरदलैले रोकेका थिए।

उनले पूर्व प्रधानमन्त्री जवाहरलाल नेहरूको पनि आलोचना गर्दै भने, त्यसताक असमका मुद्दाहरूलाई पर्याप्त प्राथमिकता दिइएन। साथै अवैध अनुप्रवेशकारीहरूको मुद्दालाई उठाउँदै यसबाट राज्यको पहिचान र सामाजिक संरचना प्रभावित भइरहेको ठहर उनले गरे।

------

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande