पुणेमा महिलासित दुष्कर्म गर्ने कथित बाबा समातियो
पुणेमा महिलासित दुष्कर्म गर्ने कथित बाबा समातियो


मुम्बई, 28 मार्च (हि.स.)। महाराष्ट्रको पुणे पुलिसले बितेको राती पिंपरी क्षेत्रमा एक जना महिलालाई दुष्कर्म गरेपछि भागेको कथित बाबालाई पक्राउ गरेको छ। पुलिसले आरोपी ऋषिकेश वैद्यलाई हड़पसर पुलिस स्टेशनको टीमलाई सुम्पिदिएको छ। यस मामिलामा पुलिसले आरोपीसित गहन जाँचबुझ गरिरहेको छ।

यस मामिलाको अनुसन्धान गरिरहेका पुलिस अधिकारीले शनिवार बताए, आरोपीमाथि एक जना महिलालाई महादेवको अवतार बताएर दुष्कर्म गरेको आरोप छ। हड़पसर पुलिस स्टेशनको टीमले आरोपीसित जाँचबुझ गरिरहेको छ। आरोपीलाई आज नै अदालतमा पेश गरिनेछ।

उल्लेखनीय छ, आरोपीले सोशल मीडियामा मित्रता गरेपछि महिलालाई पुणेको एक होटलमा बोलाएको थियो। त्यसपछि महिलालाई म महादेवको अवतार हुँ, तिमी मेरी पार्वती हौं भन्यो अनि पछि उसित दुष्कर्म गऱ्यो। यसै अवधि आरोपीले महिलाको अश्लील भीडियो बनायो। फेरि महिलालाई वसई क्षेत्रमा बोलाएर दुष्कर्म गऱ्यो। यसरी आरोपीले बारम्बार प्रताड़ित गरेको कारणले हैरान महिलाले वसईको मानिकपुर पुलिस स्टेशनमा सिकायत दर्ता गराएकी थिई। त्यसपछि मानिकपुर पुलिसले यो मामिलालाई पुणेको हड़पसर पुलिस स्टेशनमा ट्रान्सफर गरिदिएको थियो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande