
कोलकाता, 28 मार्च (हि.स.)। आरजी कर मेडिकल कलेजमा डाक्टर-छात्रासित भएको कथित दुष्कर्म औ हत्याकाण्डलाई लिएर फेरि एकपटक विवाद गहिरिएको छ। पीड़िताकी आमाको विधानसभा चुनाउमा भाजपा उम्मेद्वार हुने फसेलामाथि वेस्ट बंगाल जूनियर डाक्टर फ्रण्टले आफ्नो प्रतिक्रिया व्यक्त गरेको छ।
संगठनले गए शुक्रवार राति सोशल मीडियामा जारी बयानमा भनेको छ, कुनै पनि व्यक्तिले चुनाउ लड़्नु उसको व्यक्तिगत निर्णय हुन्छ जसलाई लिएर संगठनले विरोध वा समर्थन गर्नु उचित हुँदैन। तथापि संगठनले यो पनि भनेको छ, जुन दलको टिकटमा उनले चुनाउ लड़िरहेकी छन्, त्यस दललाई लिएर महिला उत्पीड़नको मामिलामा ग्भीर प्रश्न उठ्दै आइरहेको छ।
बयानमा भनिएको छ, ”कुनै राजनीतिक दलले शर्तहरूको आधारमा न्याय दिलाउनेछ भन्ने कुरा सोच्नु व्यावहारिक होइन।” संगठनले आरोप लगायो, केही प्रभावशाली नेताहरूविरूद्ध महिला उत्पीड़नको मामिला रहिआएको छ र यस्ता मामिलाहरूमा पीड़िता तथा उनीहरूका परिवारहरूलाई चाप पनि दिइएको छ।
संगठनले भन्यो, वर्ष 2024-मा भएको यो घटना अहिले 19 महिना बितिसक्दा पनि चर्चामै छ र यसलाई राजनीतिक बहसको मुद्दा बनाइँदैछ। बयानमा राज्य पुलिस तथा केन्द्रिय एजेन्सीहरूको जाँच प्रक्रियामाथि पनि प्रश्न उठाइएको छ।
संगठनले यो पनि स्पष्ट पारेको छ, यो आन्दोलन आम मानिसहरूको आक्रोशको स्वतःस्फूर्त विस्फोट थियो जहाँ मानिसहरू न्यायको माग तथा महिलाहरूको सुरक्षाका लागि सड़कमा उर्लिएका थिए। साथै संगठनले पीड़िताकी आमाप्रति सहानुभूति प्रकट गर्दै भनेको छ, एक जना आमा जसले आफ्नी छोरीलाई गुमाएकी छन्,-ले कुन मानसिक स्थितिमा यो निर्णय लिएकी हुन्, त्यसलाई बुझ्न आवश्यक छ।
संगठनले मानिसहरूसित अपील गरेको छ, सोशल मीडियामा उनी विरूद्ध व्यक्तिगत टिप्पणी नगरियोस्। तथापि संगठनले पीड़िताको परिवारद्वारा आन्दोलनकारीहरूमाथि स्वार्थको लागि आन्दोलन गरेको आरोप लगाइएकोमा असन्तुष्टिपनिव्यक्तगरेकोछ।संगठनले भनेको छ, संगठनका सदस्य एवं प्रतिनिधिहरू केवल न्यायको मागको लागि आन्दोलनमा सामेल भएका थिए, कुनै राजनीतिक लाभको लागि होइन।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा