सलेसियन कलेज सोनादामा अन्तरराष्ट्रिय चिया सम्मेलन सम्पन्न
सलेसियन कलेज सोनादामा अन्तर्राष्ट्रिय चिया सम्मेलन


सोनादा, 28 मार्च (हि.स.)। सलेसियन कलेज सोनादामा दुई दिवसीय अन्तरराष्ट्रिय चिया सम्मेलन आयोजन गरियो। सलेसियन कलेज सोनादा अनि सिलगढीको आयोजनामा साथै टी प्रमोटर्स इण्डिया अनि रिम्पोचा टी कर्पोरेसनको सहकार्यमा सम्मेलनको उद्घाटन शुक्रबार गरिएको थियो।

टी प्रोमोटर्स इण्डियाका अध्यक्ष बिनोद मोहनले अध्यक्षता गरेका समारोहका मुख्य अतिथि बन्धन ग्रुपका संस्थापक अध्यक्ष चन्द्रशेखर घोष उपस्थित थिए। समारोहमा विशिष्ट अतिथिहरु सतीश मित्रुका (सीएलएलका अध्यक्ष तथा नर्बुङ चिया कम्पनीका प्रबन्ध निर्देशक), सुबोदिप रोय (आशा टी कम्पनीका अध्यक्ष), शिवकुमार सारिया (सोनागाची चिया उद्योगका प्रबन्ध निर्देशक), डा. सुबोर्नो बोस (आईआईएचएम, कोलकाताका संस्थापक अध्यक्ष), राजेश ब्यानर्जी (रिम्पोचा टी तथा टी क्लासिक दार्जीलिङ प्राइभेट लिमिटेडका अध्यक्ष) लगायत एकाधिक अन्य अतिथिहरु साथै वक्ताहरु उपस्थित थिए।

दुई दिवसीय सम्मेलनमा चिया सम्बन्धित विविध विषयहरुमाथि प्राय: 34 जना शोधकर्ताहरुद्वारा शोधपत्र प्रस्तुत गरियो। टी प्रोमोटर्स इण्डियाका निर्देशक जीवन प्रकाश गुरुङ अनि सलेसियन कलेज सिलगढीका रेक्टर फादर डा. टोमी अगस्टिनद्वारा धन्यवाद ज्ञापन गरिएको दोस्रो दिनको अन्तिम सत्रअघि चिया विशेषज्ञ तथा ज्ञाताहरुबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको थियो।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande