उत्कृष्ट कार्य गरने 106 जना पुलिसकर्मी सम्मानित
उत्कृष्ट कार्य गरने 106 जना पुलिसकर्मी सम्मानित


नयाँ दिल्ली, 29 मार्च (हि.स.)। पूर्वी जिल्ला पुलिसका अधिकारी एवं कर्मचारीहरूको उत्कृष्ट कार्यको सराहना गर्दै पूर्वी जिल्लाका पुलिस उपायुक्त राजीव कुमारले 106 जना पुलिसकर्मीहरूलाई प्रशंसा पत्र एवं नगद पुरस्कार प्रदान गरी सम्मान गरे। यो सम्मान उनीहरूको कर्तव्यनिष्ठा, पेशागत दक्षता औ समर्पणको लागि प्रदान गरिएको हो।

यस अवसरमा आयोजित समारोहमा जिल्लाका सबै एसीपी, थाना प्रभारी (एसएचओ) औ एन्टी नारकोटिक्स स्क्वाडका प्रभारी सहित सम्मानित पुलिसकर्मीहरू उपस्थित थिए। कार्यक्रममा अधिकरीहरूले पुलिस बलको समर्पण, अनुशासन तथा कठिन परिस्थितिमा पनि उत्कृष्ट प्रदर्शनको सराहना गरे।

पुलिस उपायुक्त राजीव कुमारले आइतवार भने, पुलिसकर्मीहरूको यो सम्मान उनीहरूको परिश्रमको पहिचान मात्र नभएर अन्य कर्मचारीहरूको लागि प्रेरणाको श्रोत पनि हो। उनले आशा व्यक्त गरे, यसबाट पुलिस बलको मनोबल अझ बढ़नेछ तथा सबै कर्मीहरूले भविष्यमा पनि यसरी नै इमानदारी तथा लगनशील भएर आफ्नो जिम्मेवारी निर्वाह गरिरहने छन्।

समारोहमेो यो पनि रेखांकित गरियो, पूर्वी जिल्ला पुलिस श्रेष्ठ पुलिसिंग एवं जनतासित मजबुत तालमेल राख्नको लागि निरन्तर प्रयासरत छ। अधिकारीहरूले भने, यस किसिमको सम्मान कार्यक्रमले पुलिसकर्मीहरूलाई अझ बढ़ी उत्साहको साथमा काम गर्नको लागि प्रेरित गर्दछ।

पूर्वी जिल्ला पुलिसले आफ्ना सबै कर्मीहरूको समर्पण तथा कड़ा परिश्रमलाई सलाम गर्दै भरोसा दिलायो, कानून व्यवस्थालाई कायम राख्न तथा जनताको सरक्षाको लागि यसरी नै निरन्तर प्रयास जारी रहनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande