चिया श्रमिकहरुको न्युनतम रोज मेरो प्राथमिकता रहेनछ: अमर लामा
चिया श्रमिकहरुको न्युनतम रोज मेरो प्राथमिकता रहेनछ - अमर लामा


खरसाङ, 29 मार्च (हि.स.)। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका खरसाङ विधानसभा समष्टिका प्रार्थी अमर लामाले आज नेहरू बालासनका चिया श्रमिकहरुसँग भेट गरी संवाद गरे। उनले आफु विरुद्ध पूर्वाग्रहले ग्रसित भएर अमर लामाले चिया बगान जीटीएमा पर्दैन भन्ने जस्ता भ्रामक कुरा फैलाएकोमा तीव्र क्षोभ व्यक्त गरे।

उनले भने, मैले जति नै स्पष्टीकरण दिए तापनि मन नपर्ने मान्छेको लुगा गनाउँछ भन्छन्, त्यस्तै हुनेछ। तर, मैले श्रमिकहरुको हितको निम्ति काम गरेको धेरै भयो। मैले श्रमिकको दैनिक रोज 167 रूपियॉं हुँदादेखि काम गरेको हुँ। आज रोज बढेर 250 रूपियॉं भएको छ। 2016 मा मैले एउटा ट्रेड यूनियनको पञ्जीकरणसम्म गरेकाे हुँ।

उनले आफ्नो विचारलाई अघि राख्दै भने, प्रान्त परिषदको समयमा म जवान थिए। उनीहरूको जमघटमा म पनि जाने गर्थे। दार्जिलिङ पहाडको राजनीतिमा जबसम्म चिया श्रमिकहरुको निम्ति काम गरिॅंदैन तबसम्म राजनीति अधुरो रहन्छ अनि नेता सफल पनि हुँदैन भनेर मदन थापाले हामीलाई राजनीतिक मन्त्र नै दिनु भएको थियो। आज त्यही मन्त्रलाई मैले अँगालेर राजनीति मात्र होइन काम पनि गरिरहेको छु।

लामाले भने, श्रमिकहरुको मुद्दा विषय भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा पूर्ण रूपले अवगत छ। न्यूनतम रोजको धेरै बैठकहरूमा मैले पनि भाग लिएको छु। आजसम्म राज्य सरकारले न्यूनतम रोज तोक्नु सकेको छैन। सरकारले न्यूनतम रोज दिँदैन, तर तोक्छ मात्र। न्यूनतम रोज तोक्ने समय महँगाई हेरेर न्यूनतम रोजको फर्मुला अनुसार सरकारले रोज तोक्छ। सरकारले न्यूनतम रोज तोकेपछि चिया बगानका मालिकहरूले रोजमा वृद्धि गर्नुपर्छ।

उनले वचन दिँदै भने, यदि म सफल भएर विधानसभामा पुगे भने श्रमिकको न्यूनतम रोजलाई प्राथमिकता दिएर काम गर्नेछु। यो प्राथमिकता अध्यक्ष अनित थापाको पनि रहेको छ।'

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande