असमको जोगीघोपामा चुनाउ ड्यूटीमा तैनाथ बिहार पुलिसका कन्स्टेबको मृत्यु
असमको जोगीघोपामा चुनाउ ड्यूटीमा तैनाथ बिहार पुलिसका कन्स्टेबको मृत्यु


बंगाइगाउँ (असम), 29 मार्च (हि.स.)। असम विधानसभा चुनाउ-2026 को निम्ति ड्यूटीमा तैनाथ एकजना पुलिस कन्स्टेबलको आइतवार अचानक मृत्यु भयो। यो घटना बंगाइगाउँ जिल्लाको जोगीघोपा क्षेत्रमा भएको हो जहाँ उनी चुनावी सुरक्षा व्यवस्थामा तैनाथ थिए।

मृतकको पहिचान बिहार विशेष सशस्त्र पुलिस (बीएसएपी)- को 60औं बटालियनका कन्स्टेबल दयानिधी सिंहको रूपमा भएको छ जसलाई असम विधानसभा चुनाउको ड्यूटीमा पठाइएको थियो।

पुलिस अधिकारीहरूले बताए मुताविक कन्स्टेबल दयानिधी सिंह जोगीघोपास्थित मल्टी-मोडल लोजिस्टिक्स हबमा स्थापित अस्थायी पुलिस क्याम्पमा तैनाथ थिए। ड्यूटी अवधि अचानक उनको स्वास्थ्य बिग्रियो। स्थिति गम्भीर भएपछि उनलाई तुरून्तै चपातला सामुदायिक स्वास्थ्य केन्द्रमा लगियो। अस्पताल पुगेपछि डाक्टरहरूले उनलाई मृत घोषित गरिदिए।

हाल मृत्युको सठीक कारण थाहा लाग्न सकेको छैन। आवश्यक कानूनी प्रक्रिया पूरा गरिएपछि शवलाई पोस्टमर्टम गर्नको लागि बंगाइगाउँ सिभिल अस्पतालमा पठाइएको छ।

पुलिस अधिकारीहरूद्वारा मामिलाको जाँच गरिँदैछ ताकि मृत्युको कारण पत्तो लगाउन सकियोस्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande