चुनाउ 26ः ढेकियाजुलीमा भाजपाको जीत निश्चित, कंग्रेस अप्रासंगिक भइसकेको छः अशोक सिंघल
चुनाउ 26ः ढेकियाजुलीमा भाजपाको जीत निश्चित, कंग्रेस अप्रासंगिक भइसकेको छः अशोक सिंघल


शोणितपुर (असम), 29 मार्च (हि.स.)। भाजपा उम्मेद्वार एवं राज्यका मन्त्री अशोक सिंङलले आइतवार ढेकियाजुली विधानसभा क्षेत्रबाट पार्टीको जीत हुने विश्वास व्यक्त गर्दै भने, भाजपालाई कुनै पनि प्रकारको डर छैन।

चुनावी अभियानमा समर्थकहरूलाई सम्बोधन गर्दै सिंघलले भने, क्षेत्रमा भाजपाको स्थिति बलियो छ, त्यसैले निश्चित रूपमा पार्टीले जीत हासिल गर्नेछ। उनले भने, विकास आदारित नीति अनि जनतासित सोझो सम्बन्ध नै भाजपाको सबैभन्दा ठूलो शक्ति हो।

विपक्षलाई लक्षित गर्दै सिंघलले भने, असमको राजनीतिमा कंग्रेस अब अप्रासंगिक भइसकेको छ। उनले आरोप लगाे, पार्टीले जनताको विश्वास गुमाएको छ। भाजपा समक्ष कुनै गम्भीर चुनौती पेश गर्न सक्ने स्थितिमा छैन। उनले मतदाताहरूसित क्षेत्रको निरन्तर विकास तथा स्थिरताको लागि भाजपालाई समर्थन गर्न जारी राक्ने अपील समेत गरे।

---------------

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande