
नयाँ दिल्ली, 29 मार्च (हि.स.)। भारतीय जनता पार्टी (भाजपा)- का दिल्ली प्रदेश अध्यक्ष वीरेन्द्र सचदेवाले आइतवार प्रधानमन्त्री नरेन्द्र मोदीको ‘मन की बात’ कार्यक्रमलाई विनोद नगर मण्डलका कार्यकर्ताहरूको साथमा सुने।
वीरेन्द्र सचदेवाले भने, ‘मन की बात’ कार्यक्रममा देशको समृद्ध संस्कृति औ धरोहरसित सम्बन्धित ज्ञान भारतम सर्वेको उल्लेख गरियो जसको उद्देश्य देशभरि उपलब्ध पाण्डुलिपिहरूको संकलन गर्नु हो। उनले भने, प्रधानमन्त्रीको यो मासिक सम्वादले सदैव प्रेरणा अनि नयाँ दिशा प्रदान गर्छ भने यसपालि ज्ञान भारतम सर्वे, युवा सहभागिता (माई भारत), रणजी ट्रफी, जल संरक्षण अभियान, फिटनेस एवं स्वस्थ जीवन शैली तथा सौर ऊर्जा (पीएम सूर्य घर योजना) जस्ता राष्ट्रहितसित सम्बन्धित विषयहरूमाथि बल दिइयो जसले जनभागीदारीको माध्यमबाट देशलाई सशक्त बनाउने प्रेरणा दिन्छ।
यस अवधि वीरेन्द्र सचदेवाले आज ‘पण्डित दीनदयाल उपाध्याय प्रशिक्षण महाअभियान–2026’ अन्तर्गत विनोद नगर मण्डलको प्रशिक्षण वर्गमा कार्यकर्ताहरूलाई सम्बोधन गरे।
यस अवसरमा संगठनको कार्य पद्धति, वैचारिक अधिष्ठान एवं जनसेवाका मूल्यहरूको सुदृढ़ीकरण गर्ने दिशामा सार्थक विमर्श भयो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा