भाजपा र माकपा उम्मेद्वारहरूको जम्का भेट, देखाए शिष्टाचार
भाजपा र माकपा उम्मेद्वारहरूको जम्का भेट, देखाए शिष्टाचार


सिलगढ़ी, 29 मार्च (हि. स.)। विधानसभा चुनाउको प्रचार-प्रसार अवधि एउटा भिन्नै तस्वीर देख्न पाइयो। चुनावी माहोलमा राजनीतिक दलहरूबीच चर्को बयानबाजी भइरहेको बेला भाजपा र माकपा उम्मेद्वारहरूबीच भएको सौजन्य भेटले सबैको ध्यान आकर्षित गऱ्यो।

माटीगाड़ा-नक्सलबाड़ी विधानसभा क्षेत्रबाट भाजपा उम्मेद्वार आनन्दमय बर्मनले आफ्ना कार्यकर्ताहरूसित गदाधर पल्ली र स्टालिन नगरमा प्रचार गरिरहेका थिए। यसै क्रममा पानीघट्टा रोडमा उनीहरूको भेट माकपा उम्मेद्वार झरेन रायसित भयो जसले आफ्नो क्षेत्रमा जनसम्पर्क गरिरहेका थिए।

यसरी जम्का भेट हुँदा भाजपा प्रत्याशी आनन्दमय बर्मनले अगाड़ि आएर माकपा उम्मेद्वार झरेन रायसित भेट गरे अनि सौजन्य बातचित गरे।

आनन्दमय बर्मनले भने, राजनीतिक मतभेद आफ्नो ठाउँमा छ, तर व्यक्तिगत शिष्टाचारलाई कायम राख्न आवश्यक छ। उनले झरेन रायलाई एकजना वरिष्ठ नेता बताउँदै उनीप्रति सम्मान व्यक्त गरे।

यता माकपा उम्मेद्वार झरेन रायले भने, चुनावी मैदानमा हाम्रो लड़ाईँ भए पनि व्यक्तिगत सतरमा सौहार्द कायम रहनुपर्छ। उनले भने, उनलाई जनताबाट व्यापक समर्थन प्राप्त भइरहेको छ। चुनावी गर्मीबीच दुई नेताहरूको यो सौजन्य भेटले राजनीतिमा सकारात्मक सन्देश सम्प्रेषण गर्छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande