पश्चिम बंगालमा विकासका दाबीहरूमाथि भाजपाको प्रश्न
पश्चिम बंगालमा विकासका दाबीहरूमाथि भाजपाको प्रश्न


कोलकाता, 29 मार्च (हि. स.)। भारतीय जनता पार्टी (भाजपा)- का नेता शमिक भट्टचार्यले आइतवार राज्यको तृणमूल कंग्रेस सरकारमाथि धारिलो प्रहार गरे। सोशल मीडिया प्लेटफर्म एक्समा गरिएको एउटा पोस्टमा उनले पश्चिम बंगालका किसान, श्रमिक तथा आम जनताको स्थितिप्रति चिन्ता व्यक्त गरे।

भट्टचार्यले आरोप लगाए, राजयमा किसानहरूको अवस्था अत्यन्त सोचनीय छ। आलुको मूल्य घट्यो भने आम मानिसहरू संकटमा पर्दछन् भने मूल्य बढ़्दा किसानहरूलाई समस्या हुन्छ। उनले यो पनि दाबी गरे, शीतगृह (कोल्ड स्टोरेज) नीति, बजार नियन्त्रण औ किसानहरूलाई उचित मूल्य दिने जस्ता मुद्दाहरू कागजसम्म मात्र सीमित रहेको छ जबकि बिचौलीले यसको फाइदा उठाइरहेको छ।

उनले राज्यमा उद्योग तथा रोजगारको स्थितिमाथि पनि प्रश्न उठाए। उनले भने, नयाँ उद्योगहरू आइरहेका छैनन्, पुराना उद्योगहरू बन्द भइरहेका छन् जसले गर्दा युवाहरूलाई रोजगारको लागि अन्य राज्यहरूमा जान परिरहेको छ। उनले “द्वारे सरकार” जस्ता योजनाहरूको प्रचारमाथि पनि लक्षित गर्दै भने, धरातलीस्तरमा रोजगार तथा स्थायी आयको अभाव कायम छ।

भाजपा नेताले राज्य सरकारमाथि भ्रष्टाचारको गम्भीर आरोप पनि लगाए। उनले भने, नियुक्ति घोटाला, कटमनी संस्कृति तथा प्रशासनको दुरूपयोगको कारणले आम मानिसहरूको विश्वास हराउँंदै गइरहेको छ। साथै उनले विपक्षको आवाजलाई दबाएको आरोप समेत लगाए।

आफ्नो पोस्टमा भट्टचार्यले केही प्रश्नहरू उठाउँदै भने, किसानहरूलाई उनीहरूको उत्पादको उचित मूल्य किन प्राप्त भइरहेको छैन?, युवाहरूलाई नोकरीको लागि राज्य किन छोड़्नु परिरहेको छ? तथा विकासको नाममा वाचा मात्र किन गरिन्छ?

उनले भने, पश्चिम बंगालका मानिसहरू पारदर्शिता, जवाफदेही तथा वास्तविक विकास चाहन्छन्, अब परिवर्तनको माग नारा मात्र होइन जबकि जनताको अधिकार भइसकेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande