कंग्रेसबाट निष्कासित नेता तृणमूलमा सामेल
कंग्रेसबाट निष्कासित नेता तृणमूलमा सामेल


मालदा , 29 मार्च (हि. स.)। जिल्लाको चांचल-2 ब्लकमा कंग्रेसबाट निष्कासन गरिएका मोहम्मद सब्दर अलीले गए शनिवार राती अब्दुर रहिम बोक्सीको हातबाट तृणमूलको झण्डा ग्रहण गरे। कार्यक्रम मालतीपुरका निवर्तमान विधायकको आवासमा आयोजना गरिएको थियो जहां तृणमूलका केही वरिष्ठ नेताहरू पनि उपस्थित थिए।

तृणमूलमा सामेल भएपछि सब्दर अलीले भने, उनले पछिल्लो लामो समयदेखिकै जनताको लागि काम गर्द आइरहेका थिए, तर कंग्रेसमा बसेर उनको काममा बाधा आइरहेको थियो। ममता ब्यनर्जीको विकास कार्यबाट प्रेरित भएर उनले यो फसेला लिएका हुन्।

लगभग एक दशकसम्म अञ्चल अध्यक्ष रहिसकेका सब्दर अलीको यस कदमलाई चाँचल-2 क्षेत्रमा कंग्रेसको लागि ठूलो झट्का मानिँदैछ। राजनीतिक विश्लेषकहरूको मान्यता छ, यसबाट कंग्रेसको भोट ब्यांक बिग्रिनसक्छ।

अर्कोतिर अब्दुर रहिम बोक्सीले भने, सब्दर अली जस्ता अनुभवी नेता आउनाले पार्टी संगठन अझ मजबुत हुनेछ जसको आगामी चुनाउमा सकारात्क प्रभाव देखिनेछ।

अर्कोतिर चाँचल-2 ब्लक कंग्रेस अध्यक्ष सैयद मंजरुल इस्लामले यस घटनाक्रमलाई धेर महत्व दिएनन्। उनले भने, सब्दर अलीलाई पहिलाबाटै पार्टी विरोधी गतिविधिहरूको कारणले निष्कासन गरिसकिएको थियो। उनी जानाले संगठनमाथि कुनै प्रभाव पर्नेछैन।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande