
अलिपुरद्वार, 29 मार्च (हि.स.)। जिल्लाको फालाकाटास्थित बंशीधरपुर गाउँमा गए शनिवार राती त्यसबेला कोकोहोलो मचियो जतिबेला जलदापाड़ा नेशनल पार्कको जंगलबाट 14 वटा हात्तीहरूको बथान गाउँमा पस्यो। ग्रामीणहरू अनुसार हात्तीहरूले गाउँमा पस्नसात ताण्डव मचाउन शुरू गऱ्यो अनि कैयौं बिघामा रोपिएको मकै र धानको फसललाई पूर्ण रूपमा नष्ट गरिदियो। जयन्त अधिकारी तथा ईश्वर बर्मन सहित केही किसानहरूको लगभग 15 बिघा मकैको फसल बर्बाद भयो भने प्रदीप अधिकारी र प्राणेश्वर बर्मनको धानको खेत पनि हात्तीहरूको ताण्डवदेखि बच्न सकेन।
अहिलेघरि मकै किसानहरूको मुख्य फसल हो। पहिलाबाटै आलुको फसलमा नोक्सान झेलिरहेका किसानहरूको लागि यो नयाँ मारले ठूलो नोक्सानदायी साबित भइरहेको छ। स्थानीय मानिसहरूको भनाइ छ, क्षेत्रमा लगभग प्रतिरात नै हात्तीहरूको उत्पात जारी छ जसबाट ग्रामीणहरूमा व्यापक भय तथा असन्तुष्ट व्याप्त भएको छ। सूचना पाउनसाथ वन विभागको टीमले घटनास्थलमा पुगेर हात्तीहरूलाई पुनः जंगलतिरै लखेट्यो। वन विभागले आश्वासन दिएको छ, सरकारी नियम अनुसार प्रभावित किसानहरूलाई चाँड़ै क्षतिपूरण दिइयोस्। घटनापछि फेरि जंगल संलग्न क्षेत्रहरूमा मानव-वन्यजीव संघर्षको मुद्दा गहिरिँदै गइरहेको देखिन्छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा