सड़क सुरक्षाको लागि पहलः सिभिल लाइन्समा हेलमेट वितरण, मानिसहरूलाई जागरूक गराइयो
सड़क सुरक्षाको लागि पहलः सिभिल लाइन्समा हेलमेट वितरण, मानिसहरूलाई जागरूक गराइयो


नयाँ दिल्ली, 29 मार्च (हि.स.)। सड़क सुरक्षालाई प्रोत्साहित गर्ने ध्येयले दिल्ली ट्राफिक पुलिसले आइतवार सिभिल लाइन्समा एक विशेष सचेतनामूलक अभियान संचालन गऱ्यो। यस अभियान अन्तर्गत दुई चक्के वाहन चालकहरूलाई हेलमेट लगाउनको लागि जागरूक बनाउँदै लगभग सय वटा हेलमेट वितरण गरियो।

सिभिल लाइन्स ट्राफिक सर्कलद्वारा आयोजित यस अभियानको नेतृत्व एसीपी उत्तरी अशोक मंडोला र ट्राफिक इन्स्पेक्टर यशपाल भाटीले गरेका थिए। चँदगीराम अखाड़ा सिग्नलमा एक एनजीओको सहयोगमा आयोजित कार्यक्रममा मानिसहरूलाई हेलमेट बिना वाहन चलाउँदा हुने खतराहरू बारे विस्तार पूर्वक बताइयो।

ट्राफिकका वरिष्ठ अधिकारीहरूले दुई चक्के चालकहरूलाई बुझाए, हेलमेट लगाएन भने दुर्घटना जस्तो स्थितिमा गम्भीर चोट लाग्नसक्छ वा ज्यान समेत जानसक्छ। यस अवधि सुरक्षित ड्राइभिंगको लागि प्रेरित गर्दै लगभग एक सय वटा हेलमेट वितरण गरियो। कार्यक्रममा मानिसहरूले यस पहललाी स्वागत गर्दै ट्राफिक पुलिसका प्रयासहरूको सराहना गरे।

अधिकारीहरूले आम नागरिकहरूसित अपील गरे, उनीहरूले यातायात नियमको पालन गरून् र विशेष रूपमा दुई चक्के वाहन चलाउँदा हेलमेट अवश्य लगाउन्। अतिरिक्त पुलिस आयुक्त (ट्राफिक) जोन-1 विजयन्ता गोयल आर्यले भने, सड़क सुरक्षालाई लिएर यस्तो जागरूकता अभियान आगामी दिनमा पनि जारी रहनेछ ताकि दुर्घटनाहरूको संख्या घट्न सकोस् अनि मानिसहरूको ज्यानलाई सुरक्षित राख्न सकियोस्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande