
श्रीनगर, 29 मार्च (हि.स.)। कुपवाड़ा जिल्लामा गए शनिवार राती एक सैन्य शिविरभित्र भएको गोलीकाण्डमा तीनजना सैनिकहरू घाइते भए। अधिकारीहरू अनुसार यो घटना त्रेज्ञगाम क्षेत्रमा अवस्थित सैनिक क्याम्पमा भएको हो।
प्राप्त जानकारी मुताविक एकजना सैनिकले कथित रूपमा आफ्नै साथीहरूलाई गोली दागे। घटनापछि क्याम्पमा खैलाबैला मचियो। सुरक्षा बलहरूले तुरून्तै कारबाही गर्दै आरोपी जवानलाई नियन्त्रणमा लियो।
अधिकारीहरूले बताए, यस गोलीगाण्डमा तीनजना सैनिकहरू घाइते भएका छन् जसको उपचार स्थानीय सैन्य अस्पतालमा भइरहेको छ। सबै घाइतेहरूको अवस्था स्थिर रहेको बताइएको छ।
हाल घटनाको कारण पत्तो लाग्न सकेको छैन। सेना अनि सम्बन्धित एजेन्सीहरूले मामिलाको जाँच गरिरहेका छन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा