
मीरजापुर, 29 मार्च (हि.स.)। आइतवार ड्रमन्डगञ्ज थाना क्षेत्रको एक गाउँकी 17 वर्षीया नाबालिगलाई फकाएर लैजाने एक आरोपीलाई पुलिसले पक्राउ गरी जेल पठाएको छ।
एसआई शिवकान्त पाण्डे, हेड कन्स्टेबल घनश्याम यादव र अशोक बिन्द सहितको थानाध्यक्ष भरत सुमनको नेतृत्वमा टोलीले नैड़ी कठारी गाउँ नजिकैको लालगञ्ज क्षेत्रको निवासी मनिषलाई पक्राउ गरेको छ।
थानाध्यक्ष भारत सुमनले नाबागिको पिताले 25 मार्चमा अपहरणको मुद्दा दर्ता गरेको बताए। पुलिसले नाबालिगलाई पहिले नै उद्धार गरिसकेको छ। कानूनी कारबाही गरिसकेपछि आरोपीलाई पक्राउ गरी जेल पठाइएको छ।
हिन्दुस्थान समाचार / भवानी थामी