
गुवाहाटी, 29 मार्च (हि.स.)। मध्य गुवाहाटी विधानसभा क्षेत्रबाट भारतीय जनता पार्टी (भाजपा)- का उम्मेद्वार विजय गुप्ताले आगामी विधानसभा चुनाउलाई मध्यनजर गर्दै आइतवार शान्तिपुर हिलसाइड क्षेत्रमा व्यापक रूपमा घर-घर जनसम्पर्क अभियान संचालन गरे।
यस अभियान अवधि गुप्ताले स्थानीय मानिसहरूित भेट गरी उनीहरूलाई समर्थन मागे अनि पार्टीका विकाास योजनाहरू साझा गरे। यस अवधि जनताले उनलाई उत्साह पूर्वक स्वागत गरे साथै मानिसहरूले आफ्नो समसम्या र अपेक्षाहरू आफ्ना नेता समक्ष राखे।
विजय गुप्ताले भने, जनताबाट प्राप्त अपार स्नेह र आशीर्वादबाट उनी अभिभूत भएका छन्। उनले भने, उनीमाथि जनताले भरोसा देखाएका छन्। भाजपाको जीतप्रतिको उत्साहले उनलाई अझ दोब्बर मिहेनत गर्नको लागि प्रेरित गरिरहेको छ।
उनले क्षेत्रको समग्र विकास अनि जनकल्याणको लागि निरन्तर कार्य गर्ने आश्वासन दिँदै भने, जनताको अपेक्षालाई पूरा गर्नु उनको सर्वोच्च प्राथमिकता दुनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा