पश्चिम बंगालको अशान्तिको प्रभाव देशभरि नै परिरहेको छः दिलीप घोष
पश्चिम बंगालको अशान्तिको प्रभाव देशभरि नै परिरहेको छः दिलीप घोष


खड़गपुर, 29 मार्च (हि. स.)। भारतीय जनता पार्टी (भाजपा)- का वरिष्ठ नेता दिलीप घोषले पश्चिम बंगालको कानून-व्यवस्थाको स्थितिप्रति चिन्ता व्यक्त गरेका छन्। खड़गपुर सदरबाट भाजपा उम्मेद्वार दिलीप घोषले आइतवार बिहान खड़गपुरमा पत्रकारहरूसित बातचित गर्दै भने, बंगालको अशान्तिको प्रभाव सम्पूर्ण देशमा परिरहेको छ। बंगलादेशबाट आएका मानिसहरू जो अपराधी र आतंकवादीमा सामेल छन्,-ले देशभरि नै विध्वंस मचाइरहेका छन्। त्यसैले बंगालमा सर्वोत्कृष्ट शासनको खाँचो छ।

भाजपा उम्मेद्वार दिलीप घोषले भने, बंगालवासीहरूको विश्वभरि नै इज्जत छ। तपाईहरूले बिहार र गुजरातबाट उम्मेद्वारहरू ल्याउनुहुन्छ जसबाट स्पष्ट हुन्छ, कसले कसलाई साथ दिन्छ।

तृणमूल कंग्रेसका नेता तथा मुख्यमन्त्री ममता ब्यनर्जीको हालैको बयानको बारेमा दिलीपले भने, उनले मुर्शिदाबादमा धम्की दिएकी थिइन्। सीएए र वक्फ बिल पास भएपछि मुर्शिदाबादमा जुन खैलाबैला भयो, त्यसको लागि को जिम्मेवार छ? ममता मुख्यमन्त्री हुन्, सत्ता उनकै हातमा छ भने हिन्दुहरूलाई मुर्शिदाबाददेखि मालदा किन भाग्नु पऱ्यो? उनले जवाफ दिनुपर्छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande