करेन्टको चपेटमा परी युवकको मृत्यु
करेन्टको चपेटमा परी युवकको मृत्यु


सिलगढ़ी, 29 मार्च (हि. स.)। शान्तिनगर बउबजार क्षेत्रमा गए शनिवार अबेर राती बिजुलीको खाँबोमा सर्ट सर्किट भएको कारणले करेन्टको चपेटमा परी एकजना युवकको मृत्यु भयो।

स्थानीय मानिसहरूले बताए अनुसार अबेर राती अचानक चर्को ध्वनि सुनेर वरपरका मानिसहरू घरदेखि बाहिरिए। बाहिर हेर्दा एकजना युवक सड़क किनार बिजुलीको खाँबो नजिक लड़िरहेको थियो। घटनाको सूचना आशीघर चौकी पुलिसलाई दिइयो। सूचना पाएर घटनास्थलमा पुगेको पुलिसले शवलाई कब्जामा लिई जिल्ला अस्पतालमा पठाइदियो।

प्राथमिक जाँचमा पुलिसले अनुमान लगाएको छ, शर्ट सर्किटको कारणले खाँबोमा करेन्ट फेलियो जसबाट यो दुर्घटना भयो। हाल पुलिस युवकको परिचय खोलाउन जुटेको छ। घटनापछि क्षेत्रका मानिसहरू भयभित भएका छन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande