
खरसाङ, 29 मार्च (हि.स.)। खरसाङ नगरपालिका अन्तर्गत वार्ड नम्बर 20 को बुथ नम्बर 212 मा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा (भागोप्रमो) को बुथ कमिटी गठन गरिएको छ। भागोप्रमो टाउन कमिटीको पहलमा आगामी चुनाउलाई ध्यानमा राख्दै आज वार्ड नम्बर 20 दोकानडाँडा ग्राम सुधार समिति भवनमा सभा सम्पन्न भयो।
सभा दोकान डाँडा ग्राम सुधार समितिका कार्यवाहक अध्यक्ष छिरिङ लेप्चाको अध्यक्षतामा सभा सम्पन्न भयो। सभामा खरसाङ टाउन कमिटीका कार्यवाहक अध्यक्ष तथा समितिका सह सचिव सन्दिप बलले वार्डमा भएका विकासमूलक कार्यहरुबारे उपस्थित सबैलाई अवगत गराए। उनले आगामी विधानसभा चुनाउमा पार्टीका प्रार्थी अमर लामालाई मैनबत्तीको चिन्हमा भोट दिएर विजय गराउन अपील गरे।
सभामा खरसाङ टाउन कमिटीका मूल सचिव बीरबल पाख्रीनले उपस्थित नेतृत्वहरुसँग परिचय साँट्दै आफ्नो वक्तव्य राखेका थिए। यसरी नै महकुमा समिति नारी शक्तिका अध्यक्ष तथा नगरपालिका क्षेत्रकी चुनाउ प्रभारी सबिता कार्की, 29 नम्बर समष्टिका सचिव भक्तिमान तामाङ, टाउन कमिटी युवा शक्तिका अध्यक्ष बन्धन लामा, टाउन कमिटी नारी शक्तिकी कार्यवाहक सचिव प्रियंका तामाङ, ग्राम सुधार समितिका सचिव नरेन मोक्तान तथा केन्द्रिय सदस्य तथा खरसाङ महकुमा क्षेत्रका चुनाव प्रभारी समीरदीप ब्लोनले वक्तव्य राखेका थिए।
सभामा बुथ नम्बर 212 को निम्ति बुथ स्तरीय चुनाउ कमिटी गठन गरियो।
हिन्दुस्थान समाचार / हनोक