नेपाली संस्कृति संरक्षण संघको नयॉं कार्यकारिणी समिति गठित
नेपाली संस्कृति संरक्षण संघको नयॉं कार्यकारिणी समिति गठित


गान्तोक, 29 मार्च (हि.स.)। नेपाली संस्कृति संरक्षण संघ ६ माइल तादोङको आइतवार नयाँ कार्यकारिणी समितिको चुनाउ सम्पन्न भयो। निर्वाचन समितिद्वारा शिव मन्दिर ५ माइल तादोङको सभा कक्षमा सम्पन्न गराइएको उक्त चुनाउमा अध्यक्षको पदमा अमर कुमारी सुब्बा, महासचिव इन्द्रकला शर्मा, उपाध्यक्ष १-लीला शर्मा, २-मिना छेत्री, ३-राधा बास्तोला, सहसचिव कान्ता प्रधान, संयुक्त सचिव डिम्पल दर्नाल, कोषाध्यक्ष सवित्री छेत्री, सह कोषाध्यक्ष देविका प्रधान, प्रचार प्रसार सचिव कृष्णा कृति, सह प्रचार प्रसार सचिव फुलमाया तामाङलाई सर्वसम्मतिले निर्विरोध निर्वाचित गरियो।

निर्वाचन समितिहरुमा हरिशंकर चापागाईं र खुसेन तिम्सिना थिए भने तारा ढकालले पनि चुनाउमा सह्भागिता जनाएका थिए। निर्वाचन प्रक्रिया पूरा भएपछि हरि चापागाईंले पदाधिकारीहरूलाई सपथ ग्रहण गराए।

चुनाउ समितिले सबै नवनिर्वाचित समितिका पदाधिकारीहरुलाई बधाई एवम् शुभकामाना व्यक्त गर्‍यो। प्रत्येक सदस्यले एकाअर्काको सहयोग र सङ्लग्नता साथ अघि बड्ने प्रतिबद्धता व्यक्त गरे। नवनिर्वाचित समितिले वैशाख पर्व पालन गर्ने विषयमा पनि छलफल गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande