
खरसाङ, 29 मार्च (हि.स.)। 28 नम्बर खरसाङ चिम्नी देवराली समष्टिको चिमनी देवराली ग्राम पञ्चायतकाे चारवटा बुथका प्रतिनिधिहरुलाई लिएर आज क्षेत्रीय सभासद श्याम शेर्पा एक चुनावी सभा सम्पन्न भयो। सभामा चिम्नी देवराली ग्राम पञ्चायत समिति सदस्य दिनेश तामाङ, समष्टिका कार्यवाहक सचिव प्रेम बम्जन, समष्टि उपाध्यक्ष विष्णु क्षेत्री, 28 नम्बर समष्टि नारी शक्तिकी अध्यक्षा सुष्मा मुखिया, कार्यवाहक सचिव ललिता छेत्री लगायत अन्यहरु उपस्थित रहेका थिए।
सभामा बुथ प्रतिनिधिहरुले आआफ्नो बुथकाे रिपोर्ट प्रस्तुत गरेका थिए। सभामा उपस्थित सबैले यसपाली सर्वसम्मतिले खरसाङ विधानसभा क्षेत्रमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको उम्मेदवार अमर लामालाई भारी बहुमतले जिताउने निर्णय गरेको बताइएको छ।
हिन्दुस्थान समाचार / हनोक