
कोलकाता, 30 मार्च (हि. स.)। भारतीय जनता पार्टी (भाजपा)- का नेता अमित मालवीयले पश्चिम बंगालको वर्तमान राजनीतिक स्थितिलाई लिएर राज्यको सत्तासिन तृणमूल कंग्रेस सरकारमाथि तीव्र प्रहार गरेका छन्। सोमवार सबेरै आफ्नो एउटा ट्वीटमा उनले भने, आजको चुनाउ दुई वटा राजनीतिक दलहरूको लड़ाईँ होइन, जनता र त्यस शासनबीचको लड़ाईँ हो जसले आफ्नो नैतिक वैधता गुमाइसकेको छ।
मालवीयले सोशल मीडिया मञ्च एक्समा गरिएको आफ्नो पोस्टमा आरोप लगाए, मुख्यमन्त्री ममता ब्यानर्जीले यस्ता मानिसहरूलाई संरक्षण दिने गर्दछन् जसले गम्भीर मामिलाहरूमा आरोपीहरूलाई बचाउँछन्। उनले यो पनि दाबी गरे, कामदुनी सामूहिक दुष्कर्म मामिलामा न्यायको लागि आवाज उठाउनेहरूलाई अपमानित गरियो।
उनले भने, एक समयमा जुन मानिसहरूलाई बेवास्ता गरियो वा दमन गर्ने चेष्टा गरियो आज उनीहरू नै न्यायको लागि उभिएका छन्। मानलवीय अनुसार पानीहाटीबाट भाजपा उम्मेद्वार रत्ना देवनाथ तथा कामदुनीकी तुम्पा कयाल जस्ता मानिसहरू भाजपासित जोड़िनु भनेको राजनीतिक कदम नभएर न्यायको लड़ाईँको प्रतीक हो।
भाजपा नेताले आफ्नो बयानमा भने, राज्यमा भाजपा एउटा राजनीतिक दल मात्र होइन, आम मानिसहरूको आवाजको मञ्च बन्दै गइरहेको छ जो अराजकता र कथित अत्याचारको विरोधमा उभिएको छ।
उनले आफ्नो सन्देशको अन्तमा भने, यो चुनाउ तृणमूल र भाजपाबीचको होइन, तृणमूल कंग्रेस र बंगालकाबीचको हो। जनताले आफ्नो मन बनाइसकेका छन्। यसपालि ममता ब्यानर्जीको बिदाई निश्चित छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा