चारधाम यात्राको लागि ग्रीन कार्ड प्रणाली शुरू, परिवहन मन्त्रीले गरे शुभारम्भ
चारधाम यात्राको लागि ग्रीन कार्ड प्रणाली शुरू, परिवहन मन्त्रीले गरे शुभारम्भ


हरिद्वार, 30 मार्च (हि.स.)। चारधाम यात्रा- 2026 लाई सफल औ सुरक्षित रूपमा संचालन गर्ने ध्येय लिएर परिवहन विभाग उत्तराखण्डले व्यावसायिक यात्री वाहनहरूको निम्ति ग्रीन कार्ड प्रणाली शुरू गरेको छ। यसको शुभारम्भ सोमवार एआरटीओ कार्यालय रोशनाबाद, परिद्वारमा प्रदेशका परिवहन, सूचना प्रौद्योगिकी एवं सुराज, विज्ञान प्रौद्योगिकी तथा जैव प्रौद्योगिकी मन्त्री प्रदीप बत्राले गरे।

ग्रीन कार्ड प्रणालीको माध्यमबाट चारधाम यात्रामा सामेल व्यावसायिक वाहनहरूको तकनिकी फिटनेस एवं सुरक्षा सुनिश्चित गरिनेछ। यो प्रणालीले वाहनहरूको फिटनेसको पुष्टि मात्र गर्दैन जबकि आपतकालीन स्थितिमा वाहनसित सम्बन्धित सबै आवश्यक जानकारीहरू पनि तुरून्तै उपलब्ध गराउनेछ।

परिवहन विभाग अनुसार वाहन स्वामी विभागको आधिकारिक वेबसाइटको माध्यमबाट अनलाइन आवेदन गरी निर्धारित शुल्क जमा गर्न सकिन्छ। त्यसपछि नजिकैको परिवहन कार्यालयमा वाहनको तकनिकी निरीक्षण गराएपछि ग्रीन कार्ड जारी गरिन्छ। यसबाट चारधाम यात्रालाई अधिक सुरक्षित, सुव्यवस्थित र पारदर्शी बनाउनमा मद्दत मिल्नेछ।

यस अवसरमा अप्पर परिवहन आयुक्त सनत कुमार सिंह, संयुक्त परिवहन आयुक्त राजीव मेहरा, उपपरिवहन आयुक्त सुनिल शर्मा, शैलेश तिवारी, तथा आरटीओ (प्रवर्तन) देहरादून डा. अनिता चमोला सहित केही वरिष्ठ अधिकारीगण उपस्थित थिए।

परिवहन विभागको भनाइ छ, चारधाम यात्रा अवधि यात्रीहरूको सुरक्षा, सुविधा र सुचारू संचालन सुनिश्चित गर्नको लागि यस्तो तकनिकी तथा प्रशासनिक पहल भविष्यमा पनि जारी रहनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande