
गान्तोक, 30 मार्च (हि.स.)। आगामी नगर पालिका चुनाउ 2026 का लागि मनोनयन पत्र बुझाउने आज अन्तिम दिन गान्तोक नगर निगम (जीएमसी) र सिङताम नगर पञ्चायतका लागि कुल पॉंच उम्मेदवारले मनोनयन पत्र बुझाए। मनोनयन पत्र बुझाउनेहरूमा तीन जना भारतीय जनता पार्टी (भाजपा) र दुई जना स्वतन्त्र उम्मेदवार रहेका छन्।
गान्तोक नगर निगम अन्तर्गत डीपीएच वार्ड (अनारक्षित), आरिथाङ-1 वार्ड (एसटी) र तादोङ वार्ड (एसटी) का लागि आज चार जना उम्मेदवारले मनोनयन पत्र बुझाए। डीपीएच वार्डका लागि सिर्जना छेत्री र बिन्ध्या सिन्चुरीले, आरिथाङ-1 वार्डका लागि दावा शेर्पा र तादोङ वार्डका लागि पेम्पो दोर्जी लेप्चाले मनोनयन पत्र बुझाएका छन्।
जीएमसी अन्तर्गत 21 वार्डमध्ये केवल उक्त वार्डहरूमा मात्र प्रतिस्पर्धा हुने देखिएको छ। अन्य वार्डहरूमा केवल एक-एक उम्मेदवारले मात्र मनोनयन पत्र बुझाएका छन्।
यसरी नै सिङताम नगर पञ्चायत (एसएनपी) को पिपल डॉंड़ा वार्ड (एससी) का लागि रजनी सिंह सिन्चुरीले आज मनोनयन पत्र बुझाइन्। एसएनपीका कुल पॉंच वार्डमध्ये केवल एक वार्डमा चुनावी भिडन्त हुने देखिएको छ।
उल्लेख्य, मनोनयन पत्रको जॉंच आगामी 1 अप्रेलका दिन हुनेछ भने मनोनयन पत्र फिर्ता लिने अन्तिम मिति 4 अप्रेल, 2026 रहेको छ।
हिन्दुस्थान समाचार / बिशाल