विभिन्न राज्यहरूका सांस्कृतिक समृद्धि नै भारतको वास्तविक शक्ति: राज्यपाल
विभिन्न राज्यहरूका सांस्कृतिक समृद्धि नै भारतको वास्तविक शक्ति: राज्यपाल


गान्तोक, 30 मार्च (हि.स.)। सिक्किमको लोकभवनमा आज राजस्थान स्थापना दिवस भव्यताका साथ मनाइयो। कार्यक्रममा राज्यपाल ओमप्रकाश माथुर मुख्य अतिथि तथा मुख्यमन्त्री प्रेमसिंह तामाङ विशिष्ट अतिथिका रूपमा उपस्थित थिए।

आफ्नो सम्बोधनमा राज्यपाल माथुरले गीतको माध्यमद्वारा राजस्थानको गौरव गाथा, संस्कृति र आफ्नो माटोलाई नमन गरे। उनले भने, भारतमा अनेक भाषाहरू छन्, विविध संस्कृतिहरू र भिन्न-भिन्नै खानपानका परम्पराहरू पनि छन्, तर 'एक भारत श्रेष्ठ भारत' को संकल्पनाले राष्ट्रको एकता र अखण्डतालाई अझ धेरै सुदृढ़ बनाइरहेको छ। यो पहल एकअर्काका संस्कृतिलाई जान्ने र बुझ्ने उत्कृष्ट माध्यम हो।'

राज्यपालले राजस्थानको वीरता, संस्कृति र परम्पराहरूको उल्लेख गर्दै भने, 'सीमित संसाधनहरूमा पनि राजस्थानका मानिसहरूले जिजीविषा र संकल्प शक्तिले जीवनलाई सार्थक बनाउॅंछन्। राजस्थानका महिलाहरूले शौर्य र पराक्रमको अद्भुत कथाहरू रच्दै आएका छन्।' उनले हिन्दुस्तान विश्व गुरु थियो र पुन: सबैको संकल्प र प्रयासले विश्व गुरु बनाउनु पर्नेछ भनी बताए। उनले विभिन्न राज्यहरूका सांस्कृतिक समृद्धि नै भारतको वास्तविक शक्ति रहेको बताए।

कार्यक्रमको शुरूमा ज्याज ब्यान्डको जोशपूर्ण प्रस्तुति र सिक्किम मारवाडी समाजका कलाकारहरूले घूमर जस्तो पारम्परिक नृत्य प्रस्तुत गरेर वातावरणलाई राजस्थानी उत्साह र सांस्कृतिक रंगले भरेका थिए।

मुख्यमन्त्री तामाङले आफ्नो सम्बोधनमा राजस्थानका नागरिकहरूलाई स्थापना दिवसको बधाई दिॅंदै राजस्थानको पर्यटन, संस्कृति र लोककलाको क्षेत्रमा उल्लेखनीय स्थान रहेको बताए। उनले सिक्किम र राजस्थान जस्ता राज्यहरूले एकअर्काका संस्कृति र परम्पराहरूबाट प्रेरणा लिएर राष्ट्रिय एकतालाई बलियो बनाइरहेको विचार व्यक्त गरे।

यसैगरी, राजस्थानका मन्त्री शर्माले विपुल प्राकृतिक संपदा, मरुस्थलीय सौन्दर्य र ऐतिहासिक धरोहरले सम्पन्न राजस्थानले आफ्नो अद्वितीय पहिचानका कारण भारतीयहरूको ह्रदयमा विशेष स्थान बनाएको बताए। उनले राजस्थानको पर्यावरण संरक्षण परम्पराको सराहना गर्दै दुवै राज्यले जलवायु परिवर्तन र पर्यावरण संरक्षणको क्षेत्रमा सहयोग बढाउनु पर्ने आवश्यकतामा जोड दिए।

यस अवसरमा मुख्यमन्त्रीकी धर्मपत्नी कृष्ण राई, राजस्थान सरकारका वन एवं पर्यावरण मन्त्री संजय शर्मा, मन्त्रीगण, विधायकगण, राज्यका वरिष्ठ अधिकारीहरू र अलवरबाट आएका प्रसिद्ध वीर रस कवि विनीत चौहान र उदयपुरका कवि सिद्धार्थ देवल आदि उपस्थित थिए।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande