म श्रमिक विरोधी होइन, हामी चियाबारी श्रमिकहरुका लागि काम गर्ने हौँ: अमर लामा
अमर लामा


खरसाङ, 30 मार्च (हि.स.)। खरसाङ महकुमा अन्तर्गत तीनधारे महानदी समष्टिको जंगपाना चियाबारीमा श्रमिकहरुसित भेटघाट र चुनाउ प्रचारपछि भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका उम्मेदवार अमर लामाले पत्रकारहरुलाई सम्बोधन गर्दै भने, म चियाबारी श्रमिक विरोधी पटक्कै होइन। मैले चियाबारी श्रमिकहरुको पक्षमा धेरैवटा सभाहरुमा बसेको छु। चियाबारी श्रमिकहरुक लागि धेरैपल्ट बोलेको छु।'

उनले एक प्रश्नको उत्तरमा भने, 'मेरो कुनै खोट नपाएपछि विपक्षीहरूले मेरो पुरानो अन्तर्वार्ताको सानो भिडियो क्लिप निकालेर अफवाह फैलाउने काम गरेका छन्। मैले अर्कै प्रसंगमा चियाबारी र जीटीएको कुरा उठाएको थिए। तर त्यसलाई गलत तरिकाले उठाइएको छ।' उनले दावी गर्दै भने, यसपाली पनि बंगालमा भारतीय जनता पार्टीले सरकार बनाउँदैन। यो कुरा लेखेर राख्नुहोस्।'

उनले सांसद राजु विष्टमाथि आरोप लगाउँदै भने, 'राजु भाई अहिले झूट बोल्नमा माहिर भएका छन्। उनले बोलेका कुराहरू कुनै पनि पूरा गरेका छैनन्।' लामाले अघि भने, 'म चुनाउ प्रचारमा सबै चियाबारीतिर पुग्दैछु र सबै क्षेत्रमा रहेका चियाबारी श्रमिकहरुसित भेटघाट गर्ने काम गर्दैछु। म जोइन्ट फोरममा काम गरेको मान्छे हु र केस पनि खाएको छु। हामी चियाबारी श्रमिकहरुको लागि काम गर्ने पार्टी हौँ। चियाबारी श्रमिकहरुको लागि सबैभन्दा बेसी काम गर्ने पार्टी नै भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा।'

अमर लामाले सोमवार तीनधारे महानदी समष्टिको जंगपाना चियाबारीमा आफ्नो चुनाउ प्रचार गरे। उनले जंगपाना चियाबारीमा श्रमिकहरु बिहान मेलोमा लाग्न अघि नै जंगपाना चियाबारीमा पुगेर श्रमिकहरुलाई भेटे र आफ्नो पक्षमा भोट दिन अनुरोध गरे। उनले श्रमिकहरुका विभिन्न समस्याहरु पनि बुझ्ने काम गरेका थिए। उनले आफुलाई भोट दिन अपील गर्दै आफु विधानसभामा पुगेर चियाबारी श्रमिकहरुको निम्ति न्युनतम ज्यालाको लागि आवाज उठाउने वाचा गरे।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande