
जम्मू, 30 मार्च (हि.स.)। पीपुल्स डेमोक्रेटिक पार्टी (पीडीपी)-की अध्यक्ष औजम्मू-कश्मीरकी पूर्व मुख्यमन्त्री महबूबा मुफ्तीले सोमवार जम्मू-कश्मीर विधानसभाको दौड़ाह गरिन्। वर्ष 2018-देखि यता विधानसभामा यो उनको पहिलो उपस्थिति थियो।
सदनको कारबाही अवधि मुफ्तीलाई स्पीकर ग्यालरीमा बसेको देखियो। उनको यो भ्रमण वर्ष 2018- मा उनको सरकार ढलेपछि लगभग सात वर्षपछि भएको छ। त्यसताक भारतीय जनता पार्टी (भाजपा)-ले समर्थन फिर्ता लिएपछि पीडीपी नेतृत्वाधिन गठबन्धन सरकारको अन्त भएको थियो। विधानसभामा मुफ्तीको उपसथितिले सबैको ध्यान आकर्षण गऱ्यो, किनभने यो वर्ष 2018-को राजनीतिक घटनाक्रमपछि विधानसभा परिसरमा उनको पहिलो उपस्थिति थियो। जम्मू-कश्मीरको इतिहासमा वर्ष 2018-लाई एक महत्वपूर्ण मोड़ मानिन्छ जबकि विश्लेषकहरूको भनाइ छ, उक्त् घटनाक्रमले जम्मू-कश्मीरको राजनीतिक परिदृश्यलाई पूर्ण रूपले परिवर्तन गरिदिएको थियो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा