जंगली च्याउ खाएर नानीहरूसितै एघार जना बिमार भए
जंगली च्याउ खाएर नानीहरूसितै एघार जना बिमार भए


तिनसुकिया (असम), 30 मार्च (हि.स.)। माथिल्लो असमको तिनसुकिया जिल्लान्तर्गत सदियामा जंगली च्याउ खाएर नानीहरू सहित एघार जना मानिसहरू बिमार भएका छन्। सोमवार अधिकारीहरूले बताए, जंगली च्याउ खाएर बिमार भएका मानिसहरूलाई सादियाको सिभिल अस्पतालमा भर्ती गरिएको छ। यिनीहरू सबै रूक्मिणी देउरी गाउँका बासिन्दा हुन्। प्रभावितहरूमा वयस्क र नाबालिक दुवै सामेल छन् जसको उमेर 2-देखि 60 वर्षसम्म रहेको बताइएको छ।

बिमार मानिसहरूको पहिचान सुम्बारी देउरी (60), अभिजीत देउरी (45), उज्ज्वल देउरी (4), निरञ्जन देउरी (2), मामोनी देउरी (30), कुजय देउरी (56), मिताली देउरी (55), राधिका देउरी (12), नानी देउरी (35), मनजित देउरी (19) औ प्रोजेश देउरी (20)- को रूपमा गरिएको छ। दाबी गरिएको छ, बितेको राती च्याउ खाएपछि सबैजना बिमार भए जसलाई हतार-हतार अस्पतालमा भर्ती गरियो।

अस्पताल सूत्रले पुष्टि गरेको छ, सबै रोगीहरूले उपचार पाइरहेका छन् भने उनीहरू डाक्टरहरूको निगरानीमा छन्। अहिलेसम्ममा कसैको पनि मृत्यु भएको खबर छैन। उनीहरूको अवस्थालाई नजिकबाट नियालिँदैछ। स्थानीय स्वास्थ्य अधिकारीहरूले ग्रामबासीहरूलाई जंगली च्याउ खाँदा सतर्कता अप्नाउने अपील गर्दै विषालु च्याउको सेवनबाट हुने जोखिमको बारेमा होशियारी गराए।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande