चुनाउ 26ः मेदिनीपुरमा उम्मेद्वारहरूको जनसम्पर्क अभियान तीव्र
चुनाउ 26ः मेदिनीपुरमा उम्मेद्वारहरूको जनसम्पर्क अभियान तीव्र


मेदिनीपुर, 29 मार्च (हि.स.)। मेदिनीपुर शहरको बड़ा बजार क्षेत्रमा अहिलेघरि चुनावी प्रचार द्रूत गतिमा अगाड़ि बढ़िरहेको छ। विभिन्न राजनीतिक दलहरूका उम्मेद्वार तथा उनीहरूका कार्यकर्ताहरू घर-घरमा पुगेर मतदाताहरूसित सम्पर्क गरी समर्थन जुटाउन लागिपरेका छन्। अर्कोतिर ठूला-ठूला बजार तथा भीड़भाड़ रहने क्षेत्रहरूमा पुगेर सब्जी तथा माछाको मूल्य सोध्दै व्यंग्यको माध्यमबाट जनताको ध्यानाकर्षण गराउने प्रयास पनि उनीहरूले गरिरहेका छन्।

यसै क्रममा तृणमूल कंग्रेसका उम्मेद्वार सुजय हाजराले सोमवार मेदिनीपुर सदर बजार क्षेत्रमा प्रचार अभियान संचालन गरिरहेका छन्। उनले क्षेत्रका वरिषठ नागरिक तथा बुजुर्गहरूसित भेट गरी उनीहरूको आशीर्वाद लिए अनि मानिसहरूसित समर्थन गर्ने अपील गरे।

बिहानीको चिया अवधि प्रचारमा जुटेका समर्थकहरूको जमातले नुक्कड़ चर्चा सभा एवं भित्ते लेखनको माध्यमबाट चुनावी माहोललाई कायम राखिरहेका छन्। उम्मेद्वार एवंं पार्टी कार्यकर्ताहरूले आम मानिसहरूसित सोझै सम्वाद गरेर विकास गर्ने वाचा, स्थानीय समस्याहरूको समाधान एवं आफ्ना राजनीतिक योजनाहरू बारे बताइरहेका छन्।

जति-जति मतदानको मिति नजिकिँदै गइरहेको छ उति-उति नै मेदिनीपुर शहरका विभिन्न क्षेत्रहरूमा चुनावी गतिविधिहरू तीव्र हुँदै गइरहेका छन्। गेट बजार होस् वा बड़ा बजार हरेक क्षेत्रमा दिनहुँ राजनीतिक कार्यक्रम तथा प्रचार अभियानहरूको रमाइलोपन देख्न पाइरहेको छ।

भाजपा प्रत्याशी शंकर गुच्छेत पनि आफ्ना साथी कार्यकर्ताहरूको साथमा बिहान-बिहान विभिन्न स्थानहरूका मानिसहरूमाझ पुगेर उनीहरूको समस्या सुनेर आगामी चुनाउको निम्ति आफूलाई कड़ा उम्मेद्वारको रूपमा प्रस्तुत गरिरहेका छन्। साथै जनताको समर्थन बटुलेर सशक्त उम्मेद्वारिता पेश गरिरहेका छन्।

सोमवार बिहान फोनमा उनले भने, निश्चित रूपमा जनताले परिवर्तन तिर हेरिरहेका छन् र यसको परिणाम पनि चाँड़ै देखिनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande