मुख्यमन्त्री सरमाले आज केही जिल्लाहरूको भ्रमण गर्ने, विकासको लागि जनतासित आशीर्वादको अपील
मुख्यमन्त्री सरमाले आज केही जिल्लाहरूको भ्रमण गर्ने, विकासको लागि जनतासित आशीर्वादको अपील


गुवाहाटी, 30 मार्च (हि.स.)। असमका मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले सोमवार नाओबोइचा, माजुली, सदिया, चाबुआ-सिसिबरगाउं र डिब्रुगढ़को भ्रमण गरिरहेका छन् जहाँ उनले पार्टी उम्मेद्वारहरूको समर्थनमा जनतासित आशीर्वाद माग्नेछन्।

भ्रममपूर्व जारी आफ्नो सोशल मीडिया सन्देशमा मुख्यमन्त्रीले भने, पछिल्लो पाँच वर्षमा गरिएका विकास कार्य शुरूआत मात्र थियो। उनले बल दिँदै भने, आगामी पाँच वर्षमा राज्यमा चार गुणा अदिक विकास गर्ने संकल्प लिइएको छ।

डा. सरमाले विश्वास व्यक्त गरे, जनताको निरन्तर समर्थनबाट सरकार आफ्नो विकास लक्ष्यलाी वास्तविकतामा परिणत गर्न सफल हुनेछ। उनले भने, मानिसहरूको सहयोग असमको समग्र विकासको लागि प्रेरणाको मुख्य श्रोत बन्नेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande