
आसनसोल, 30 मार्च (हि.स.)। अल इण्डिया कंग्रेस कमिटीका महासचिव केसी वेणुगोपालले गए आइतवार राती पश्चिम बंगाल विधानसभा चुनाउ- 2026 लाई लिएर लगभग सबै सीटहरूका लागि उम्मेद्वारहरूको नाम घोषणा गरेका छन्। पश्चिम बर्दवान जिल्लाका सबै नौ वटा सीटमा उम्मेद्वारिता गरिनेछ जसमा दुर्गापुर पूर्व विधानसभा सीटबाट जिल्ला अध्यक्ष देवेश चक्रवर्ती, दुर्गापुर पश्चिम विधानसभा सीटबाट तरुण राय, रानीगञ्ज विधानसभा सीटबाट फैज अहमद, जामुडिया विधानसभा सीटबाट तरुण कुमार गांगुली, आसनसोल दक्षिण विधानसभा सीटबाट सौभिक मुखर्जी, आसनसोल उत्तर विधानसभा सीटबाट प्रसनजित पुइतुंडी, कुल्टी विधानसभा सीटबाट रवि यादव औ बाराबँकी विधानसभा सीटबाट जयदेव रायलाई उम्मेद्वार बनाइएको छ।
गए आइतवार साँझ आसनसोल उत्तर विधानसभा सीटका उम्मेद्वार प्रसनजित पुइतुंडीलाई आसनसोल गिरजा मोड़स्थित कंग्रेस पार्टी कार्यालयमा कार्यकर्ताहरूले बधाई दिए। यस अवसरमा शाह आलम खान, एस एम मुस्तफा आदि पनि उपस्थित थिए।
यस अवधि उनले भने, आसनसोल उत्तर विधानसभा सीटबाट पार्टीले उनलाई उम्मेद्वार बनाएको छ। उनले आसनसोलका जनताका आधारभूत समस्याहरूको लागि लड़्नेछन्। उनले भने, बितेको 15 वर्षमा तृणमूल कंग्रेसका विधायक एवं राज्यका मन्त्री रहे पनि उत्तर विधानसभा क्षेत्र पूर्ण रूपले नरकमा परिणत भइसकेको छ। आसनसोल शहरमा जामको समस्याले मानिसहरू हैरान भएका छन्।
आसनसोलको सबैभन्दा व्यस्ततम सड़कहरू क्रमैले जीटी रोड, सेंनरेल रोड तथा एसबी गोरई रोडको अवस्था पूर्ण रूपले जर्जर भइसकेको छ। सड़क जामको कारणले रोगीहरूलाई समयमै अस्पतालमा पुऱ्याउन सकिँदैन। आसनसोल जिल्ला अस्पतालको बिल्डिंग त छ, तर स्वास्थ्य सेवाको नाममा कुनै सुविधा छैन। रेलपारीको क्षेत्र पूर्ण रूपमा नशाको कुलतमा फसिसकेको छ।
उनले अझ भने, आसनसोल उत्तर विधानसभा क्षेत्रका तमाम बुनियादी सुविधाहरूलाई लिएर उनले पहिलाबाटै लड़्दै आइरहेका छन् र यसैलाई मुद्दा बनाएर आगामी विधानसभा चुनाउमा पनि जनतासित भोटको अपील गर्नेछन्। उनले भने, बितेको 15 वर्षदेखि कै आसनसोल नगरनिगममा तृणमूलको बोर्ड भए पनि शहरको अवस्था सोचनीय भएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा