
-नौ वटा विधानसभा सीटको लागि नामांकन प्रक्रिया शुरु
आसनसोल (पश्चिम बर्दवान), 30 मार्च (हि. स.)। जिल्लामा विधानसभा चुनाउलाई लिएर प्रशासनिक तयारी तीव्र भइसकेको छ। राज्यमा दुई चरणमा हुन गइरहेको चुनाउ अन्तर्गत पहिलो चरणको मतदान आगामी 23 अप्रेलमा हुनेछ जसको लागि चुनाउ आयोग (ईसीआई)-ले सोमवार आधिकारिक अधिसूचना जारी गर्नेछ। योसँगै नामांकन प्रक्रिया पनि शुरू हुनेछ।
जिल्लाका नौ वटा विधानसभा सीटमा पहिलो चरणमा मतदान हुनेछ। नामांकन पत्र दर्ता गर्नको लागि प्रशासनले तीन प्रमुख केन्द्र निर्धारण गरेको छ जसमा आसनसोलको कल्याणपुरस्थित डीएम कार्यालय, आसनसोल कोर्ट परिसरमा एसडीओ कार्यालय र दुर्गापुरस्थित एसडीओ कार्यालय सामेल छन्।
जिल्लाका चार वटा सीटहरू क्रमैले आसनसोल दक्षिण, कुल्टी, बाराबनी र जामुड़ियाका उम्मेद्वारहरूले आफ्नो नामांकन डीएम कार्यालयमा दर्ता गराउने छन् भने आसनसोल उत्तर सीटको लागि आसनसोल एसडीओ कार्यालयमा गरिनेछ। यस अतिरिक्त रानीगञ्ज, पाण्डवेश्वर, दुर्गापुर पूर्व र दुर्गापुर पश्चिम सीटका उम्मेद्वारहरूले दुर्गापुर एसडीओ कार्यालयमा आफ्नो नामांकन जमा गर्नेछन्। जिल्ला प्रशासन अनुसार एस पोन्नमबलम (जिल्ला मजिस्ट्रेट तथा जिल्ला निर्वाचन अधिकारी)- को अध्यक्षतामा भएको अल पार्टी बैठकमा उम्मेद्वारहरूलाई नामांकनसित सम्बन्धित सबै आवश्यक प्रक्रियाहरूको जानकारी पहिलाबाटै दिइएको छ। यसमा यो पनि स्पष्ट गरिएको छ, नामांकन अवधि उम्मेद्वारसित कतिजना समर्थकहरू रिटर्निंग अफिसर समक्ष जान सक्नेछन्।
नामांकन प्रक्रियालाई सुचारू तथा सुरक्षित बनाउनको लागि तीनै केन्द्रमा सुरक्षाको व्यापक बन्दोबस्त गरिएको छ ताकि कुनै पनि प्रकारको अव्यवस्थादेखि बच्न सकोस।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा