
गुवाहाटी, 30 मार्च (हि.स.)। न्यू गुवाहाटी विधानसभा क्षेत्रमा सत्ताधारी पार्टी भाजपा एवं विपक्षी पार्टी कंग्रेसको चुनाउ प्रचार द्रूत गतिमा अगाड़ी बढ़िरहँदा निर्दलीय प्रत्याशी कुशल कुमार शर्माको चुनाउ अभियानले पनि द्रूत गति समातेको छ। यहाँका विभिन्न क्षेत्रहरूमा उनलाई व्यापक समर्थन प्राप्त भइरहेको छ।
सोमवार यहाँका भिन्न-भिन्न स्थानहरूमा जनसम्पर्क अभियान संचालन गर्ने क्रममा ठूलो संख्यामा मानिसहरू जुटे जसले उम्मेद्वारप्रति आफ्नो समर्थन व्यक्त गरे। स्थानीय मानिसहरूमा उनीप्रति उत्साह र विश्वास देख्न पाइयो।
जनतालाई सम्बोधन गर्दै निर्दलीय उम्मेद्वार शर्माले भने, उनी जनताको माया र आशीर्वाद लिएर अगाड़ी बढ़िरहेका छन्। साथै न्यू गुटावाहीको विकास एवं प्रगतिका लागि प्रतिबद्ध छन्। उनले क्षेत्रमा बुनियादी ढाँचाको सुधार एवं समग्र विकासलाई प्राथमिकता दिने मन्तव्य व्यक्त गरे। उनले मतदाताहरूसित आगामी चुनाउमा समर्थन गर्ने अपील गर्दै आगामी 9 अप्रेललाई याद राख्ने आग्रह गरे।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा