
कोलकाता, 30 मार्च (हि.स.)। पश्चिम बंगालकी मुख्यमन्त्री ममता ब्यानर्जीले सोमवार सोशल मीडिया प्लेटफर्म एक्समा राजस्थान दिवसको अवसरमा राजस्थानका मानिसहरूलाई शुभकामना दिइन्।
आफ्नो सन्देशमा उनले भनिन्, उनी राजस्थानका सबै दाज्यु-भाइ तथा दिदी-बहिनीहरूलाई “शुभ राजस्थान दिवस”- को बधाई दिन्छन्। साथै उनले बंगालमा बसोबास गर्दै आइरहेका राजस्थानी एवं मारवाड़ी समाजका मानिसहरूलाई विशेष रूपमा शुभकामना दिँदै सम्मान प्रकट गरिन्।
मुख्यमन्त्रीले आफ्नो पोस्टमा भनिन्, विभिन्न क्षेत्रहरूमा राजस्थानी समाजको योगदान अत्यन्त महत्वपूर्ण रहिआएको छ जसले पश्चिम बंगालको विकास एवं प्रगतिमा अहम भूमिका निभाएको छ। उनले अझ भनिन्, बंगालमा बसोबास गर्ने राजस्थानी तथा मारवाड़ी समुदाय राज्य परिवारका अभिन्न अंग हुन्। सरकार उनीहरूकोको विकास, समृद्धि एवं सुख-शान्तिको लागि प्रतिबद्ध छ। अन्तमा मुख्यमन्त्री ब्यानर्जीले सबैका लागि शान्ति, खुशी र सौहार्दपूर्ण वातावरणमा अगाड़ि बढ़्ने कामना गर्दै शुभकामना दिइन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा