प्रधानमन्त्रीले श्यामजी कृष्ण वर्मालाई नमन गरे
pm modi


नयाँ दिल्ली, ३० मार्च। प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार महान स्वतन्त्रता सेनानी श्यामजी कृष्ण वर्माको पुण्यतिथिमा उनलाई श्रद्धाञ्जलि अर्पित गरे। उनले भने, श्यामजी कृष्ण वर्माले आफ्ना क्रान्तिकारी विचारहरूबाट स्वतन्त्रता आन्दोलनमा नयाँ चेतना फैलाए र उनको जीवन देशको हरेक पुस्तालाई राष्ट्रसेवाका लागि प्रेरित गरिरहनेछ।

प्रधानमन्त्रीले एक्स पोस्टमा भने, भारत माताका यी वीर सपूतलाई उनको पुण्यतिथिमा सादर नमन। उनका विचार र आदर्शहरू स्वतन्त्रता सङ्ग्रामको इतिहासमा सदैव अमिट रहनेछन्। प्रधानमन्त्रीले अर्को पोस्टमा श्यामजी कृष्ण वर्माको जीवनलाई साहस र दृढ़ संकल्पको अद्भुत प्रेरणाको स्रोत बताए।

उनले भने, उनको जीवन देशवासीहरूमा राष्ट्रप्रतिको कर्तव्य निर्वाहको भावना पनि जगाउँछ। प्रधानमन्त्रीले एउटा संस्कृत सुभाषित पनि साझा गरे: विचित्रचरितोल्लेखचमत्कारितचेतनम्। प्राप्यते किं यशः शुभ्रमनङ्गीकृत्य साहसम्॥ यसको अर्थ हो- जो व्यक्तिले साहस देखाउँदैन, जोखिम लिँदैन र असाधारण कार्य गर्ने प्रयास गर्दैन, उसले कहिल्यै पनि यस्तो यश कमाउन सक्दैन जसले मानिसहरूको मनलाई प्रभावित गरोस्।

---------------

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande