
कोलकाता, 30 मार्च (हि.स.)। भारतीय जनता पार्टी (भाजपा) ले पश्चिम बंगालकी मुख्यमन्त्री ममता ब्यानर्जी र केही तृणमूल कांग्रेस नेताहरू विरुद्ध आदर्श आचार संहिताको कथित उल्लङ्घनलाई लिएर निर्वाचन आयोगमा औपचारिक शिकायत दर्ता गरेको छ। पार्टीले चुनावी र्या लीहरूमा दिइएका केही बयानहरूबाट मतदाताहरूलाई धम्काउने, उत्तेजित पार्ने र चुनाउ प्रक्रियालाई प्रभावित गर्ने प्रयास गरेको आरोप लगाइएको छ।
भाजपाले सोमवार पठाएको पत्रमा बनिएको छ, उत्तर बंगाल सहित विभिन्न चुनावी र्या्लीहरूमा मुख्यमन्त्री ममता ब्यानर्जीको भाषणमा मतदाताहरूलाई प्रभावित गर्ने र तनाव उत्पन्न गर्ने बयान सामेल थिए, जसले स्वतन्त्र र निष्पक्ष चुनाउको लागि खतरा निम्त्याउँछ।
भाजपाले आफ्नो शिकायतमा भनेको छ कि 25 मार्च 2026 मा मैनागुड़ीमा आयोजित एक र्या लीमा मुख्यमन्त्रीले भनिन्, चुनाउपछि मानिसहरूले आफ्नो घर बाहिर भाजपालाई समर्थन नगरेको लेख्नुपर्नेछ। भाजपाले यो कथनलाई राजनीतिक अभिव्यक्ति स्वतन्त्रताको दमन गर्ने बताएको छ।
शिकायतमा नक्सलबाड़ीमा भएको एक सभामा महिलाहरूलाई घरमा भएका सबै कुरा बाहिर ल्याउनुहोस् भनेर गरिएको अपीलको पनि उल्लेख छ। भाजपाले आरोप लगाएको छ कि यस्ता बयानले टकराव निम्त्याउन सक्छ।
26 मार्चमा पाण्डवेश्वरमा भएको एक सभामा मानिसहरूसित एकजुट भएर विरोध गर्ने र मतदान र मतगणनाको दिन सतर्क रहने मुख्यमन्त्रीको अपीललाई उल्लेख गर्दै भाजपाले यसो गर्दा चुनाउ प्रक्रियाको निष्पक्षतामा शंका उत्पन्न गर्ने प्रयास भएको बताएको छ।
शिकायतमा दक्षिण 24 परगनाका बासन्ती क्षेत्रमा भएको घटनाको पनि उल्लेख छ, जसमा भाजपा कार्यकर्ताहरूमाथि आक्रमण भएको आरोप छ। भाजपाले यो घटना यस्ता बयानहरूपछि सिर्जना गरेको वातावरणको परिणाम हुनसक्ने दाबी गरेको छ र राज्य पुलिसको निष्क्रियताको आरोप लगाइएको छ।
भाजपाले 28 मार्चमा कोलकातामा तृणमूल कांग्रेस सांसद महुआ मोइत्राले गरेको बयानलाई पनि उद्धृत गरेको छ, जसले कथित रूपमा क्षेत्रीय आधारमा तुलना गरेको थियो। भाजपाको भनाई छ, यस्ता बयानहरूले समाजमा विभाजन ल्याउनसक्छ।
आफ्नो शिकायतमा भाजपाले निर्वाचन आचारसंहिता, जनप्रतिनिधित्व अधिनियम 1951 र भारतीय दण्ड संहिता 2023 का विभिन्न धाराहरू उद्धृत गर्दै कारबाहीको माग गरेको छ। पार्टीले यी बयानहरूले विभिन्न समुदायहरूबीच तनाव बढ़ाउन सक्ने बताएको छ, जुन कानूनको प्रावधानहरूको उल्लङ्घन हो।
भाजपाले यस विषयमा निर्वाचन आयोगको तत्काल हस्तक्षेप र राज्यमा स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण चुनाउ सुनिश्चित गर्न उचित कानूनी कारबाहीको माग गरेको छ।
हाल यस शिकायतमा तृणमूल कांग्रेस वा मुख्यमन्त्री ममता ब्यानर्जीको तर्फबाट कुनै आधिकारिक प्रतिक्रिया आएको छैन।
हिन्दुस्थान समाचार / भवानी थामी