
गान्तोक, 30 मार्च (हि.स.)। मुख्यमन्त्री प्रेमसिंह तामाङले आज मिन्तोकगाङस्थित आफ्नो आधिकारिक निवासमा अप्पर चाँदमारी अन्तर्गत जेएन रोडको दुई माइल निवासी ७० वर्षीय बासिन्दा धन बहादुर गुरुङसंग भेट गरे। उनले वृद्ध गुरुङसंग भेट भएकोमा खुशी व्यक्त गरेका छन्।
मुख्यमन्त्रीले आज सामाजिक सञ्जाल फेसबुक पोस्टमा भने, 'हाम्रो एसकेएम पार्टीका संस्थापक सदस्यका रूपमा पार्टीको प्रारम्भिक चरणमा उनको अटल समर्पण र अमूल्य योगदानले आज पनि जारी रहेको यात्राको बलियो आधारशिला खडा गरेको छ। चुनौतीहरूको सामना गर्दै पनि उहाँको दृढ़ प्रतिबद्धताले हामी सबैलाई प्रेरणा दिन्छ।'
मुख्यमन्त्रीले उनको वर्षौँको सेवाप्रति हार्दिक सम्मान र कृतज्ञता व्यक्त गर्दै उनको सुस्वास्थ्य, सुख र निरन्तर आशिषको कामना गरेका छन्।
---------------
हिन्दुस्थान समाचार / बिशाल